ghar sansar

कञ्चनपुरमा दिनहुँ समातिदैं लागु औषध, भीमदत्त र लालझाडीका सात जना समातिए एकै दिन

khasi

महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन सहित एकै दिन सात जना पक्राउ परेका छन् ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलाली, प्रहरी चौकी परासन र बागफाँटाको टोलीले दुई किशोरीसहित सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ का २२ वर्षीय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित राना रहेका छन्। त्यस्तै, भीमदत्त नगरपालिका–१९ बाट ३४ वर्षीय लछु राना, २७ वर्षीय बलराम राना, १८ वर्षीया लक्ष्मी राना र १८ वर्षीया अनुष्का राना पक्राउ परेका छन् ।

प्रहरीले लालझाडी गाउँपालिका–१ बाट २.७५ ग्राम र भीमदत्त नगरपालिका–१९ बाट ४९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ । दुवै स्थानबाट बरामद गरिएको लागूऔषधको कुल परिमाण ३.२४० ग्राम रहेको छ ।

Himal dental
सम्बन्धित
Loading...