

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ तिलौचारस्थित सुदूरपश्चिम विपाश्यना साधना केन्द्रमा नाममा जग्गाधनी पूर्जा बनेको पाइर्एको छ ।
सुदूरपश्चिम सरकारले साधना केन्द्रका लागि झण्डै दुई करोड बजेट पाएपछि व्यक्तिगत जग्गामा बनेको केन्द्रलाई बजेट आएको भन्दै स्थानीयले असन्तुष्टि देखाएका थिए ।
विपश्यना साधना केन्द्रको एक पदाधिकारी सम्बन्ध निकट स्रोत केन्द्रको नाममा जग्गा धनी पूर्जा लिएको प्रमाण उपलब्ध गराएका छन् ।
भीमदत्त नगरपालिका ९ चुरे क्षेत्रको ताराकोटमा विरोध भएपछि उद्यमी व्यवसायी नारद पाण्डेयले तिलाचौरस्थित आफ्नै जग्गामा साधना केन्द्र सञ्चालनमा ल्याएका थिए ।
पाण्डेयले दुई वर्ष अघि नै केन्द्रलाई जग्गा उपलब्ध गराएर नामसारी गराएको जग्गाधनी पूर्जा भेटिएको छ ।
चालु आर्थिक वर्षको बजेटमा साधना केन्द्रको भवन निर्माण सहित संरचनाका लागि एक करोड ८० लाख बजेट आएको छ ।

भवन निर्माण र पूर्वाधार निर्माण शीर्षकमा एक करोड ८० लाख बजेट आएको छ । सुदूरपश्चिम सरकारले असोज २५ गते बजेट ल्याएको थियो । बजेट आएपछि चौतर्फी विरोध भएको छ ।
विशासना साधना केन्द्र सुदूरपश्चिम सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री प्रकाश रावलको निर्वाचन क्षेत्रमा पर्छ । मन्त्री रावल भीमदत्त नगरपालिका ६ का वासिन्दा हुन् ।
विशासना ध्यान केन्द्रको समितिमा उद्यमी पाण्डेय सहित संविधान सभा सदस्य टिकेन्द्र प्रसाद भट्ट र व्यवसायीहरु छन् ।
पछिल्लो पटक उद्यमी पाण्डेय र कोषाध्यक्ष पाण्डेले राजीनामा दिएको बताइन्छ । केन्द्रले यसबारे आधिकारिक रुपमा बाहिर सार्वजनिक गरेको छैन ।
विपश्यना ध्यान गर्ने व्यक्ति मात्रै समितिमा बस्न नियम छ ।
यस अघि चुरेको ताराकोटमा ध्यान केन्द्र बनाउन थालिएपछि तत्कालिन डिजिभन वन कार्यालयका प्रमुख शम्भु प्रसाद तिवारीले रोकि दिएका थिए ।
सुदूरपश्चिम सरकारले ताराकोटमा साधना केन्द्रको पर्खाल लगायत संरचना बनाउन ४० लाख बजेट दिएको थियो ।
