ghar sansar

शिखर बहुउद्देश्यीय सहकारीको अध्यक्षमा दोहोरिए पनेरु

khasi

महेन्द्रनगर । शिखर बहुउद्देश्यीय सहकारी संस्था लि को २१औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशनबाट नारायण दत्त पनेरु अध्यक्षमा दोहोरिएका छन् । अध्यक्ष पनेरु सहित समितिमा सबै पदाधिकारी र सदस्य दोहोरिएका छन् ।

dirghayi clinic

सहकारीका अध्यक्ष पनेरुको अध्यक्षतामा गरिएको कार्यक्रममा केशव दत्त अवस्थी प्रमुख थिए । कार्यक्रममा दान सिह धामी, दिपेन्द्र अवस्थी, सहकारीका निवर्तमान अध्यक्ष नवराज जोशी विशिष्ठ अतथि थिए ।

सहकारीका उपाध्यक्ष पार्वती कुमारी बिष्टले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन सचिव पंकज रावलले गरेका थिए ।

सहकारीका व्यवस्थापक दामोदर सिंह धामीले अधिवेशनबाट निवर्तमान सञ्चालक समिति सर्वसम्मत भएको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...