ghar sansar

पत्रकारहरुलाई दलको नभएर जनताको भई दिन भीमदत्तका उप मेयर जोशीको आग्रह

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निमल लेखक जोशीले पत्रकारहरुले राजनीतिक दलको नभएर जनताको पत्रकार भई दिन आग्रह गरेकी छन् । दलित महिला संघ (फेडो) कञ्चनपुरले सञ्चालन गरेको तीन दिन अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्र सम्बन्धी तालिम समापन कार्यक्रममा उनले यस्तो आग्रह गरेकी हुन् ।

‘म पत्रकाहरुलाई पनि भन्नु चाहन्छु कुनै दलका पत्रकार नहुनु होस, सबै जनताको पत्रकार भई दिनु हुन हामी चाहन्छौ’ उनले भनिन् ।

dirghayi clinic

उप मेयर जोशीले आफू पनि पार्टीभन्दा माथि उठेर कार्य गर्दै उल्लेख गर्दै समाज बनाउन सबैले सहकार्य गरी अघि बढ्नु पर्नेमा जोड दिइन् ।

‘पार्टीमा हुँदा आफ्नो ठाउँमा होला, विकासका लागि सबै मिलेर जाऔ’ उनले भनिन्,‘राजनीतिमा भन्दा माथि उठेर जाऔ, सबै जना मिलेर जाऔ ।’

उप मेयर जोशीले युवा युवती लागु औषध दुव्र्यसनमा फस्दै गएको उल्लेख गर्दैै सबैले सचेत हुन पर्ने बताइन् ।

एमाले साँसद निरुदेवी पालको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा, भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द विष्ट, निवर्तमान नगर प्रवक्ता हिमाल चन्द, दलित गैर सरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष नर बहादुर विक, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका कोषाध्यक्ष नारुदेवी सिह, फेडोका अध्यक्ष लक्ष्मी विक लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...