ghar sansar

दोधारा चाँदनीमा एमाले उम्मेदवारले भेट मतदाता, भने– लामो समय सत्तामा बसेर काँग्रेसले केही गर्न सकेन, हामी विकास गर्छौ

little buddha academy
khasi

दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क का एमालेका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले दोधारा चाँदनीमा मतदातासंग भेटघाट गरेका छन् ।

बिहीबार बिहान एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टले दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगर बस्ती र बाँसघारी टोलका स्थानियसंग भेट गरेका छन ।

,orning glory badhai
dirghayi clinic

उनीहरुले नेकपा एमालेले नै दोधारा चाँदनी नगरपालिका सहित देशको मुहार फेर्ने बताउदै देशमा समृद्धि ल्याउन नेकपा एमालेका उम्मेदवारलाई बिजय गराउन आग्रह गरेका छन् । काँग्रेंसले लामो समय सम्म यस क्षेत्रबाट बिजय भएर गए पनि दोधारा चाँदनीको विकास नगरेको उनले आरोप लगाउदै नेकपा एमालेको सरकार आए देशमा समृद्धि र बिकास आउन बताएका छन् ।

सुन्दरनगर र बाँसघारी टोलका स्थानिय मतदातालाई एमालेका उम्मेदवार र नेताहरुले भेट गरेका थिए । स्थानिय मतदाता संगको भेटमा प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारी पाएका नेकपा एमालेका निरुपाल र सुरेन्द्र बिष्टसंग एमाले पोलिट ब्युरो सदस्य राजेन्द्र रावल, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, दोधारा चाँदनी ईन्चार्ज राजिव खड्का दोधारा चाँदनीका नगर अध्यक्ष हरिसिंह धनाडी  लगायत  नेता तथा कार्यकर्ता सहभागी भएका छन् ।

भेटघाट सकेर फर्के लगत्तै दोधारा चा“दनी नगरपालिका वडा नं. ६ हेल्थपोष्ट स्थित नेकपा एमालको नगर सम्पर्क कार्यालयमा आयोजित एक कार्यक्रममा सुन्दरनगर र बाँसघारी लगाएत टोलका ९० जना अन्य दल परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका थिए ।

प्रबेश गर्नेमा सिता सुनार, उषा सुनार, ललित सुनार, बिमला सुनार लगाएत ९० जना नेकपा एमालेमा प्रबेश गरेका छन् । एमाले प्रबेश भएका सबैलाई बधाई तथा स्वागत गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...