

महेन्द्रनगर । निङ्गलाशैनी विकास समाज तथा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को संयुक्त आयोजनामा जेएनजी जोडौ अभियान अन्र्तगत अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा युवा सम्वाद कार्यक्रम गरेको छ ।

निङ्गलाशैनी विकास समाजका अध्यक्ष पशुपति भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि. तथा समाजकै पूर्व अध्यक्ष प्रेम सिंह भाटको प्रमुख अतिथि थिए । सहकारीका उपाध्यक्ष पवन चन्द्र लेखकले कार्यक्रम संञ्चालन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रेम सिंह भाटले कार्यपत्र प्रस्तुत गर्दै युवाको वर्तमान अवस्था, युवाहरुको भविष्य र वर्तमान चुनौती , सहकारी र युवाको आर्थिक भविष्य, स्वरोजगारको सम्भावना र सीप मुलक तालिम संगै समाजमा हरेक क्षेत्र खेलकुद उद्यमशिलता र समाजसेवा संग संगै लैजानु पर्ने अवधारण प्रस्तुत गरेका थिए ।
युवा संबाद कार्यक्रमका सहभागीहरुले सहकारी संचालन गरे जस्तै शुपथ मूल्य पसल, बेमौसमी तरकारी उत्पादन, हाटबजार संचालन तथा गाई व्यवस्थान संगै उद्यमशिलतामा सहकार्य गर्न आवश्यक हु्नेमा जोड दिए ।
