दोधारा चाँदनीमा हात्ती आतंक, रातभरि सुत्दैनन् स्थानीय

दोधारा । दिन दिनै बस्तीमा छिर्ने हात्तीले बडवाल टोलको बस्ती रातभरि मानिसहरु जाग्रम बस्ने गरेका छन् । दोधारा चाँदनी नगरपालिका ३ बडवाल टोलमा साँझ ६ बज्ने बित्तिकै बस्तीमा छिर्ने हात्तीका कारण स्थानीय बासिन्दा रातभरि राम्रोसँग सुत्न सकेका छैन । बडवाल टोलका स्थानीय तथा वडा सदस्य लक्ष्मी राना समयमा चयनले सुत्न पाउदैनन ।

दिनभरि वडाको काममा थाकेर आराम गर्नका लागि घर आउने लक्ष्मी राना आराम गर्ने सपना करिब एक साता देखि पूरा भएको छैन । दिनभरी बैठक, सामाजिक सुरक्षा भत्ता बितरण, स्थानीयको कामले दिनैभरी भ्याई नभ्याई भएका वडा सदस्य लक्ष्मी रानालाई रातीको समयमा चैनको आराम गर्न नपाएको उनी बताउँछन् । कारण एउटै हो, जंगली हात्तीको आतंक । दोधारा चाँदनी नगरपालिका ३ जगबुडा नदीको पारी, भारतीय जंगलसंग जोडिएको बस्ती बडवाल टोलमा एक साता देखि दैनिक रुपमा साँझको समयमा निस्कने हात्तीको आतंकले उनी हैरान मात्र नभई आजित भएका छन् ।

janjyoti campus

बडवाल टोलका उनी एक उदाहरणका पात्र मात्र हुन । उनी जस्तै दर्जनौं स्थानीय रातभरी हात्ती धानबाली, मकैबाली र चरी जंगली हात्तीको बथान धपाउनै रात बित्ने गरेका छन् । स्थानीयवासी दिनभरि काम गरेर आउने र राति आराम गर्ने बेलामा हात्ती धपाउनु पर्ने बाध्यता छ । जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको सो बस्तीका स्थानीय बताउँछन् ।

हात्तीले आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयको बाली र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएका छन । बस्तीसंग जोडिएको भारतीय जंगलबाट प्रत्येक दिन रातीको समयमा एक दर्जन भन्दा बढी समूहमा निस्कने जंगली हात्तीको कारण आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएका छन् । हात्तीको खतराबाट बचाउन सरकार खासै केही नगरेको स्थानीय बताउँछन् ।

स्थानीय प्रेम कामी पनि एक साता देखि रातीको समयमा राम्रो संग सुत्न पाएको दुखेसो पोख्छन् । बाक्लो भारतीय जंगलसंग जोडिएको बस्ती बडवाल टोलमा बिगत लामो समयदेखि जंगली हात्तीको आतंक रोकिएको छैन् । प्रायः खेतमा बालीनाली हरियो भएको बेला बस्तीमा बच्चा सहित दर्जर्नौ हात्तीको बथान आउने गर्छ् । हात्तीको बथानले स्थानीय किसानको खेतीबाली खाएर, उधिनेर नष्ट गर्दै आएको छ ।

कृषि र भारतीय रोजगारमा आश्रित बडवाल टोलका स्थानीयरुले हात्तीले उनीहरुको खेतको बाली खान थालेपछि हुनसम्म हैरानी खेप्दै आउनु परेको छ । एक सातामा दर्जनौ किसानले लगाएको धान, मकै बाली हुलमा बस्ती पसेको हात्तीले खाएर, उधिनेर नष्ट गर्दै आएको स्थानी पशुपति चन्दले बताइन् । ‘कति बेला हात्तीको बथानले कस्को ज्यान हो बस्तीमा त्रास छ’ चन्द भन्छिन् ।

ghar sansar
सम्बन्धित
Loading...