
दोधारा । महाकाली नदीमा नुहाउने क्रममा एक बालिका वेपत्ता भएकी छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ की १० वर्षिया सन्ध्या सुनार बुधबार विहान महाकाली नदीको घकनाघाटमा नदीमा डुबेर वेपत्ता भएकी हुन् ।
नुहाउने क्रममा सन्ध्या महाकाली नदीमा डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान अन्ताजी ११ बजे अन्जली सुनारसंग नदीमा कपडा धुन र नुहान नदीका गएका सन्ध्या सुनार बेपत्ता भएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतिकयावकर पोष्टका ईन्चार्ज हरि गिरीले जानकारी दिए ।

सन्ध्यासंग नदीमा नुहान गएकी १८ वर्षिय अञ्जली सुनार भने बच्न सफल भएको प्रत्यक्षदर्शी मनोज सुनारले बताएका छन् ।
दोधारा चाँदनी नगरपालिका–९ स्थित ठूली आमाको घरमा बस्न गएकी उनी विहान आफन्त अन्जली सुनार सहित नदीमा नुहाउन गएकी हुन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतिकयावकर पोष्टका ईन्चार्ज हरि गिरीका अनुसार सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले अबेर साँझ सम्म खोजी कार्य जारी राखेको बताए ।
‘रात परेको कारण खोजी कार्य स्थगित गरिएको छ, भोलि बिहानै देखि खोजी कार्य जारी, रहन्छ्’ सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतिकयावकर पोष्टका ईन्चार्ज हरि गिरीले भने ।
दोधारा चाँदनी नगरपालिका कार्यालयले हालै खरिद गरेको मोटर बोट समेत खोजी कार्यमा प्रयोग गरेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताए । नदीको डुबेको खबर पाएपछि सशस्त्र प्रहरी नेपाली प्रहरी र दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु घट्नास्थलमा पुगेका थिए ।
