ghar sansar

दोधारा चाँदनीमा लैङ्गिक हिंसा नियन्त्रणका लागि सञ्जाल गठन

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा लैगिंक हिंसा नियन्त्रण सचेतीकरणका लागि सञ्जाल गठन भएको छ् । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन कार्यविधि–२०७८ बमोजिम ईलाका प्रहरी प्रमुखको संयोजकत्वमा नगर स्तरीय महिला हिंसा नियन्त्रण सञ्जाल गठन भएको हो ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको प्रांगणमा सञ्चालन भएको भेलाले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक रोशन राज पाण्डेको संयोजकत्वमा १४ सदस्यीय लैगिंक हिंसा नियन्त्रण सचेतीकरणका लागि संजाल गठन भएको छ ।

,orning glory badhai
dirghayi clinic

सञ्जालको सल्लाहकारमा दोधारा चाँदनीका कुमार लिम्बु र दोधारा चाँदनी नगरपालिकाका कार्यकारी अधिकृत जणेश दत्त मिश्र छन् । सञ्जालले नगर क्षेत्रमा लैङ्गिक हिंसाबाट पीडित महिलालाई न्याय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह, सूचना र मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन, महिला तथा बालबालिका अधिकारको क्षेत्रमा काम गर्नेछ् ।

सञ्जालका सदस्य सचिवमा प्रहरी सहायक निरिक्षक रुपेन्द्र बहादुर चन्द छन् । स्वास्थ्यकर्मी हेमा बोहरा, सामाजिक परिचालिका बिमला देबी बिष्ट, महिला बिकास निरीक्षक अनिता भण्डारी, माईती नेपालका सिता क्षेत्री, पिआरसी नेपालका रेखा भण्डारी, सामाजिक मेलमिलाप सदस्य बिनोद चौधरी, शिक्षक प्रतिनिधी शंकर सिंह धनाडी, नागरिक समाज प्रतिनिधी कृष्ण बहादुर बुढा, जनचेतना युवा क्लवका दुर्गा बडुवाल, महिला बालबालिका क्षेत्रमा काम गर्ने सिता क्षेत्री, लैगिंक हिंसा निगरानी समुहका मिना थापा मगर सदस्य पदमा छन् ।

सञ्जालमा लैगिंक हिंसाको क्षेत्रमा कार्यरत संघ संस्था, नागरिक समाज, शिक्षा क्षेत्र र मानवअधिकार क्षेत्रका प्रतिनिधी सदस्य रहेका छन् । सञ्जालको मासिक कम्तीमा एक पटक बैठक बसी लैगिंक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्य विधिबमोजिम काम गर्ने सञ्जालका संयोजक तथा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक रोशन राज पाण्डेले जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...