ghar sansar

महाकाली विभेद प्रकरणमा उप प्राध्यापक जोशी भन्छन्– मानिसलाई अछुत मान्ने र उचनिचको व्यवहार गर्ने व्यक्ति ब्राह्मण हुन सक्दैन

khasi

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक खगेन्द्र जोशीले मानिसलाई अछुत मान्ने र उचनिचको भावनाले विभेद गर्ने व्यक्ति ब्राह्मण हुन नसक्ने बताएका छन् ।

महाकाली नदीको भुजेला घाटमा दलित समुदायका ब्रतालु महिलाहरुको पुजापाठ गर्ने पुजारी अस्वीकार गरेपछि उप प्राध्यापक जोशीले ब्राह्मणको अर्थ ब्रह्म ज्ञानी हुने भएकाले विभेद गर्ने ब्राह्मण हुन नसक्ने बताएका हुन् ।

‘यस्तालाई ब्राह्मण भन्नु भन्दा पाखण्डी भन्नु उचित होला किन ब्राह्मणको अर्थ ब्रह्म ज्ञानी हुन्छ’ उनले भने,‘मानिसलाई अछुत मान्ने, उचनीचनको भावनाले मानिसका बिचमा भेदघाव गर्ने व्यक्ति ब्राह्मण हुन सक्दैन ।’

dirghayi clinic

ऋषि पञ्चमीका दिन भीमदत्त नगरपालिका ५ वनगाउँका सन्जु नेपाली लगायतका महिलालाई पुजारी सहदेब भट्टले पूजापाठ गर्न अस्वीकार गरेका थिए । नेपाली लगायतले पूजारीले सार्वजनिक स्थानमा पूजापाठ नगरी जातीय विभेद गरेको भन्दै किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका छन् ।

पुजारी पक्राउ विरोधमा आचार्य घनश्याम लेखक, साहित्यकार हेमबाबु लेखक लगायत विरोधमा उत्रिएका छन् । पुजारी पक्राउको विरोधमा तीन दिन अघि ब्राह्मण समुदायले मदनचोकमा मौन विरोध प्रदर्शन गरेको थियो ।

सामाजिक सञ्जालमा केही पत्रकार र अधिकारकर्मीले पुजारी पक्राउको घट्ना एनजिओको उक्साहकमा सुनियोजित रुपमा गरिएको भन्दै सामाजिक सद्भाव भडिक्ने चेतावनी समेत दिएका छन् ।

(यो समाचारमा त्रुटीवश असान्दर्भिक रुपमा प्रगतिशिल लेखक संघका रमेश पन्त मितबन्धुको नाम जोडिनु गएकोमा क्षमाप्रार्थी सहित वहाँको नाम हटाइएको जाकारी गराइन्छ । )

Himal dental
सम्बन्धित
Loading...