अर्थमन्त्री रावलले गरे प्रभात विद्या निकेतनको भवन उद्घाटन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले भीमदत्त नगरपालिका १६ स्थित प्रभात विद्या निकेतनको नव निर्मित चार कोठे भवनको उद्घाटन गरेका छन् ।

अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा रास्ट्रिय शिक्षा दिवसको अवसर पारी भवन उद्घाटन गरिएको छ । प्रदेश सरकारको सहयोगमा भवन निर्माण गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो ।

deepaj
Mishra

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर सिहको अध्यक्षतामा गरिएको कार्यक्रममा मन्त्री रावल प्रमुख अतिथि थिए ।

कार्यक्रममा भीमदत्त नगरपालिका १६ का अध्यक्ष केशव सिह विष्ट र १३ का अध्यक्ष राम बहादुर बोहरा सहित व्यवस्थापन समितिका पदाधिकारी, संस्थापक सदस्य, शिक्षक, अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायत सहभागी भएका छन् ।

विद्यालयका प्रिन्सिपल शंकरदत्त भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल यज्ञराज पाण्डेयले गरेका थिए ।

कार्यक्रममा अन्तर सदनात्मक क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको छ । कार्यक्रममा साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएका छन् ।

सम्बन्धित
Loading...