ghar sansar

बैतडीमा एमालेका गाउँ कमिटी सचिव माओवादी केन्द्र प्रवेश

महेन्द्रनगर । बैतडीमा नेकपा एमालेको सुर्नया गाउँकमिटि सचिव आनन्दसिंह बोहरा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी बुधबार पाटनमा गरिएको सत्ता गठबन्धनको कार्यक्रममा माओवादी केन्द्रमा प्रवेश गरेको बताएका हुन् ।

बोहरा २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर सुर्नया गाउँपालिका वडा नं ८ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भइसकेपछि उनी फेरि एमालेमै फर्किएका थिए ।

Himal dental
सम्बन्धित
Loading...