महेन्द्रनगर । सुदूरपश्चिमका सहित देशभरका १५ मतदान केन्द्रमा मतदान रोकिएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भइरहेको निर्वाचनका क्रममा १५ स्थानमा विभिन्न कारणले मतदान रोकिएको हो ।
निर्वाचन आयोगका अनुसार विभिन्न कारणले विवाद उत्पन्न हुँदा अपराह्न साढे ३ बजेसम्म १५ मतदान केन्द्रमा मतदान रोकिएको छ। पुनः मतदान शुरू गर्न छलफल भइरहेको आयोगले जनाएको छ ।
यसअघि मतदान रोकिएका केही स्थानमा भने सुचारु भइसकेको छ। सुदूरपश्चिमका अधिकांस मतदान केन्द्रहरुमा मतदान रोकिएको छ ।
आज बिहान ७ बजेदेखि देशभरका २२ हजार २२७ मतदान केन्द्रमा मतदान शुरू भएको थियो । साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।