ghar sansar

भीनपा १८ का वडा अध्यक्ष देवकोटाको आज भगतपुर सडकमा धर्ना

khasi

महेन्द्रनर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देबकोटा बुधबार विहानदेखि भगतपुर सडकमा धर्ना बसेका छन् । सडक कालोपत्रेको बजेट कटौती गरिएपछि मंगलबार पत्थरपुर सडकमा धर्ना बसेका उनले बुधबार भगतपुर सडकमा धर्ना बसेका छन् ।

अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु गरिएका सडकको बजेट कटौती गरिएपछि वडा अध्यक्ष देवकोटा नगरपालिकालाई दबावका लागि धर्नामा बसेका छन् । उनले केही दिन अघि बजेट कटौती गरिएका सडकका नामम सहित नगरपालिकामा पत्र पठाएइका थिए ।

Anant bahu travels

‘यी सडकको काम अघिल्लो आर्थिक वर्षमा सुरु गरिएको थियो, बेसमेन्टका काम गरिएका छन्, यस वर्ष बजेट नै कटौती गरियो’ उनले भने,‘त्यो कटौती बजेटका लागि धर्ना बसेको छु, यसलाई नगरपालिकाले गम्भीर रुपमा लिने आश राखेको छु ।’

वडा अध्यक्ष देवकाटाका अनुसार पत्थरपुर, भगतपुर सहित ७ सडकको कालोपत्रे बजेट कटौती गरिएको छ । उनी ती सडकमा विहान १० देखि साँझ ५ बजेसम्म धर्ना बस्न थालेका हुन् ।

कार्यालयका कामकाज भने उनी धर्ना बसेर पनि गरि रहेका छन् । उनी सेवाग्राहीलाई आफू धर्ना बसेको कारण जानकारी दिएर असहज भएको क्षमा समेत मागि रहेका छन् ।

‘बजेट कटौती गरिएका सबै सडकमा तुरुन्त बजेट विनियोजन गर्नु पर्ने माग हो, त्यसका लागि बजेट कटौती गरिएका सबै सडकमा विहान १० देखि ५ बजेसम्म धर्ना बस्छु’ उनले भने,कार्यालयका कामकाज यतैबाट गर्छु, कटौती गरिएको बजेट दिनु पर्छ ।’

dirghayi clinic

स्थानीय तह निर्वाचनमा देबकोटा एमालेबाट वडा निर्वाचित भएका हुन् । उनी बाहेक चार सदस्य भने काँग्रेसका छन् । भीमदत्त नगरपालिकामा काँग्रेस नेतृत्वको सरकार भएकाले राजनीतिक प्रतिशोध साँध्न बजेट कटौती गरिएको स्थानीयले आशंका गरेका छन् ।

‘नगरपालिकामा काँग्रेस नेतृत्वको सरकार छ, वडामा रविन्द्र बाबु अर्को पार्टी मान्छे भनेर पो बजेट कटौती गरिएको हो कि’ पत्थपुरका स्थानीय पदमराज भण्डारीले भने,‘यो त गर्न नहुने हो, यो त जनताका लागि पो हो ।’

स्थानीय भण्डारीले पूरानो बस्ती भए पनि पत्थपुर क्षेत्रमा अहिलेसम्म सडक कालोपत्रे हुन नसकेको असन्तुष्टि व्यक्त गरे । ‘यो वस्ती २०२१÷०२२ सालदेखि बसेको हो, अहिलेसम्म सडक कालोपत्रे भएको थिएन, अघिल्लो वर्ष कालोपत्रे बनाउने भनेर काम सुरु गरिएको थियो, ग्राभेल हाल्ने कामसम्म भयो’ उनले भने,‘कालोपत्रेको बजेट कटौती गरिएको रहेछ, नहुने भो, अब यो रविन बाबुले धर्ना बसेर पनि बजेट ल्याउछु भन्यो, यसमा हाम्रा पनि साथ छ ।’

मंगलबार गडबडे नालामा धर्ना बसेका अध्यक्ष देवकोटालाई स्थानीय भण्डारी सहित गणेश प्रताप गुरुङ्ग, बिक्रम चौधरी लगायत स्थानीयले साथ दिएका छन् । स्थानीय गुरुङ्गले बजेट कटौती गरी कालोपत्रे निर्माण कार्य रोकेर राम्रो नगरिएको बताए ।

अर्का स्थानीय चौधरीले पानी पिच हालेर बजेट कटौती गर्दा स्थानीयलाई समस्या भएको उल्लेख गर्दै अध्यक्षका धर्नाबाट बजेट आउने आशा व्यक्त गरे ।

‘ठेकेदारले पानी पिच हालेर छाडि दिएको छ, नेताले पनि पहल गरेका छन्, अध्यक्षज्यू पनि धर्ना बसेका छन्, अब त बजेट आउँछ’ उनले भने ।

भीमदत्त नगरपालिकाले १८ नम्बरमा निर्माणाधिन भगतपुर सहित पत्थरपुर, गोबरैया नाला नेगी टोल, निम्बुखेडा भगतपुर लगायतका सडकमा बजेट कटौती गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...