ghar sansar

महिला भलिबल प्रतियोगितामा आयोजक भागेश्वर र बैतडीलाई हराउँदै शुक्लाफाँटा विजयी

महेन्द्रनगर । परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको आयोजनामा भइरहेको अध्यक्ष कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको महिलातर्फको भलिबल प्रतियोगितामा शुक्लाफाँटाले बैतडी र आयोजक भागेश्वरलाई हराउँदै विजयी सुरुवात गरेको हो ।

mahostaw

लिग चरणको खेलमा शुक्लाफाँटाले बैतडीलाई २–१ र आयोजक भागेश्वरलाई २–१ को सेटमा हराएको थियो। शुक्लाफाँटाको टीमले सोमबार प्रहार अत्मरक्षा र त्रिबेणी बहुमुखी क्याम्पसको टोलीसँग खेल्नेछ। भ्लिबल प्रतियोगितामा महिलातर्फ ९ टीमको सहभागिता छ ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ सय ११, द्धितियले २५ हजार १ सय ११ र तृतिय हुने टीमले १३ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।

Himal dental
सम्बन्धित
Loading...