ghar sansar

आकाश बोहराको निर्देशनमा बन्दैछ कथानक चलचित्र ज्योति भाग २

little buddha academy
khasi

प्रकाश भट्ट
महेन्द्रनगर । न्यू विश्वास फिल्मसको तेस्रो प्रस्तुति नेपाली कथानक चलचित्र ’ज्योति भाग २’ निर्माण हुने भएको छ। करिब एक महिनाको अवधिमा निर्माण गरिने ठूलो पर्दाको सो चलचित्रमा युवा पुस्तालाई लागू औषध दुव्र्यसनबाट बच्न जनचेतना दिने आधारित कथावस्तु रहेको छ ।

उक्त चलचित्र ३० देखी ३५ लाखको लगानीमा बन्ने चलचित्रका निर्माता, निर्देशक तथा नायक आकाश बोहराको भनाई रहेको छ ।

,orning glory badhai
dirghayi clinic

चलचित्रमा विगत लामो समयदेखि चलचित्र क्षेत्रमा काम गर्दै आइरहेका तेजा ऐर, न्यु आराधना कला मन्दिर बेलडाँडीका संस्थापक भूपेन्द्र राना, धीरज चन्द तथा प्रेम सोनी (मिथुन दा), डुठ्ठा राना, जगदिश भट्ट, भिमराज भट्ट, जनक कुवँर, सिद्धराज भट्ट, रेश्मी भट्ट ठकुरी तथा वासुदेव भट्टले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता, निर्देशक तथा नायक आकाश बोहराले समाजमा सकारात्मक परिवर्तनका लागि चलचित्रकर्मी क्रियाशील हुनुपर्नेमा जोड दिए । चलचित्र निर्देशक तथा नायक बोहराले चलचित्र सन्देशमूलक हुने र लोकप्रियता कायम गर्ने विश्वास व्यक्त गरे ।

चलचित्रको सुटिङ कञ्चनपुरमा नै हुने तथा स्थानीय कलाकारहरूलाई समेत चलचित्रमा आफ्नो कला प्रस्तुत गर्न मौका दिइने बोहराले बताए ।

सम्मेलनमा चलचित्रका निर्माता, निर्देशक तथा नायक बोहराले चलचित्रबाट कमाएको जम्मा रकम मध्ये आधा रकम कञ्चनपुरका बाल अनाथालय तथा वृद्ध आश्रमलाई हस्तान्तरण गर्ने प्रतिवद्धता समेत गरेका छन्। दुर्व्यसनमा परेका युवालाई लक्ष्य गरी बनाइएको सो चलचित्रमा लागूऔषध सेवन गर्न नहुने सन्देश समावेश छ ।

Himal dental
सम्बन्धित
Loading...