जापानीज इन्सेफलाइटिस मस्तिष्क शोध : केही तथ्य केही मिथ

–डा. केदार कार्की

जापानीज इन्सेफालाईटिस भाइरसबाट संक्रमित लामखुट्टेहरुको टोकाईबाट हुन्छ । धानखेतमा हुर्किने प्रमुख रुपमा क्युलेकस ट्रायटेनियर हिंचस समुहको यो लामखुट्टे जापानीज एनसेफालाइटिस भाइरसबाट संक्रमित हुन्छ । जापानीज इन्सेफालाइटिस भाइरसबाट संक्रमित संक्रान्त सुंगुर बंगुर र जंगली पंक्षिलाई टोकेपछि लामखुट्टे संक्रान्त हुने गर्दछ । त्यसपछि संक्रान्त लामखुट्टेले टोक्दा मानिसस र अरु जनावरमा संक्रमण गराउँछ । जापानीज इन्सेफालाइटिस भाइरस पालतु संगुर र अरु जंगली पंक्षिहरुको रक्त प्रणालीमा परिवर्धित हुने गर्दछ । जापानीज इन्सेफालाईटिस संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा हुँदैन । मात्र सुंगुँर र जंगली पंक्षिहरुको मात्र जापानीज इन्सेफालाईटिस भाइरस फैलाउन सक्तछ । जापानीज इन्सेफालाईटिस मस्तिष्कमा हुने एउटा संक्रमण हो जुन जापानीज इन्सेफालाईटिस भाइरसका कारण हुन्छ । यस्तो अवस्थामा लक्षण देखिने भनेको टाउको दुख्ने, वाक वाकी लग्ने, ज्वरो आउने दिगभ्रमीत हुने अनि काम्ने । यी कुरा संक्रमणको ५ देखि १५ दिन पछि देखिन्छ । यो रोग प्राय ग्रामिण इलाकामा देखिन्छ रोगको दिनान रगत र मेरु दण्डीय श्राव परिक्षणबाट हुन्छ । नियन्त्रण प्राय जापानीज इन्सेफालाईटिस खोपको प्रयोगबाट हुन्छ जुन सुरक्षित पनि छ प्रभावकारी पनिहरु उपाय भनेको लामुखुट्टेको टोकाइबाट बच्ने एक पटक संक्रमण भएपछि कुनै खास उपचार छैन मात्र सहयोगी सेवा सुसार बाहेक । यो पनि सुविधा सम्पन्न स्वास्थ्य संस्थामा मात्रा पछि विरामी बाँचे पनि आधामा स्थायी स्नायु जन्य समस्या भने रहि रहन्छ ।

यो रोग खास गरी दक्षिण पूर्व एसीया र पश्चिमी प्रशान्त क्षेत्रमा मुख्य रुपमा देखिन्छ । करीब ३ अरब मानिस यस क्षेत्रमा बस्दछन जहाँ यो रोग वर्षेनी देखिन्छ । प्रति वर्ष ६८,००० लाक्षणिक बिरामी देखिन्छन जसमध्ये १७,००० ले मृत्यु बरण गर्दछ । प्रायः जसो रोग देखिदा माहामारी रुपमा नै देखिन्छ । यो रोग पहिलो पटक इ.स. १८७१ जामानमा वर्णन गरिएको पाइन्छ । बैश्वीक रुपमा जापानीज इन्सेफालाईटिसका माहामारी जन्य इतिहास एसीया प्रशान्त क्षेत्रमा भाइरसजन्य इन्सेफालाइटिसको रुपमा जापानीज इन्सेफालाईटिसलाई प्रमुख मानिन्छ । जसका कारण प्रति वर्ष ७०,००० मानिसहरु यस रोगबाट बिरामी हुने गर्दछन् । प्रभावित जनसंख्या र उमेर अनुसार ०.३% देखि ६०% ले मृत्यु बरण गर्दछन् । निममित रोग देखापर्ने ग्रामिण क्षेत्र शहरी क्षेत्रभन्दा बढी जोखिममा हुन्छन् ।

विगतमा मुख्य माहामारी देखिएका मुलुकमा जस्तो खोप प्रयोग गरी रोग नियन्त्रण गरे तीन चीन, दक्षिण कोरीया, जापान, ताइवान र थाइलैण्ड हुने । अन्य मुलुक जहाँ अझै पनि नियमित माहामारी देखिन्छ । तिनमा भियतनाम कम्वोडीया, म्यानमार, भारत, नेपाल र मलेशिया हुन् ।

यस धातक रोगको गणना विश्वको उपेक्षित उष्णाकटिकन्धीय रोगमा गरिन्छ । उपेक्षित उष्णा कटिवंधीत रोगहरु ती रोगहरु हुन जुन ग्रामिण क्षेत्रहरु शहरी क्षेत्रहरुका सुकुम्वासी बस्तीहरुमा बस्ने गरीब मानिसलाई प्रभावित गर्दछ । राष्ट्रिय तथा क्षेत्रिय स्तरमा यी विरामीहरुको प्रभाव पति भएको हुन्छ की यीनलाई गरिबिको विकास तथा त्यसको चिरस्थायीकरणको लागि उत्तरदायी मानिएको छ । जापानीज मस्तिष्क ज्वरो बाहेक डेंगु ज्वरो, लेप्टो स्पाइरोसीस कुष्ठ रोग, क्लेमाइडीया, कालाजार सिस्टो सोमियसीस, अर्को सरसियेसीस आदि उपेक्षित उष्णकटिबांधिय रोगहरुका उदाहरणहरु हुन् । तत्काल यी रोगहरुको नियन्त्रणका लागि बैश्वीक स्तरमा विस्तृतमा कुनै कार्य योजना छैन ।

जापानीज मस्तिष्क ज्वरो भारतमा सर्व प्रथम सन् १९५५ मा तामिलनाडु राज्यमा पत्ता लागेको थियो । यो रोग भारतको उत्तर प्रदेश विहार झारखण्ड उडीस, पश्चिम बंगाल, असाम, मेघालय मणीपुर, त्रिपुरा कर्नाटक, आन्द्र प्रदेशमा नियमित देखिने गरेको छ । पूर्व उत्तर प्रदेशमा यो रोग पहिलो पटक सन १९७८ मा गोरखपुर क्षेत्रमा फेला परेको थियो । पूर्वी उत्तर प्रदेशमा यो रोगको प्रकोप जुलाई महिनाबाट शुरु भई नवम्वर अन्तिम सम्म रहन्छ । नेपालमा यो रोग सर्वप्रथम रुपन्देहि जिल्लाको भैरहवा क्षेत्रमा सन् १९७८ मा पहिलो पटक फेला परेको तथ्य भेटिन्छ तत्पश्चात यो रोग तौलिहवा, दांग बाँके बर्दिया, कैलाली, कन्चनपुर, नवलपरासी जिल्लाको ग्रामिण भेगमा नियमित देखा पर्ने गरेको छ । जलवायु परिवर्तनको असरका कारण केहि वर्ष यता यो रोग काठमाण्डौं उपत्यका लगायत पहाडी क्षेत्र साथै सोलुखुम्बु दार्चुला जस्ता उच्च पहाडी तथा हिमालि क्षेत्रमा पनि देखिन थालेको छ ।

जापानीज मत्सिष्क ज्वारोको प्रकोप हुनुको कारण

जापानीज ज्वारोको बाहक क्यलेक्स लामखुट्टे मानिन्छ । जुन प्राय जसो स्थिर जलाशयहरु जस्तै पोखरी ताल, टैंक तथा धानको खेतमा प्रजनन गर्दछन् । हरित क्रान्तिको फलस्वरुप सिचाई सुविधाहरुमा भएको विस्तारधान जस्तो मुख्य बालिको क्षेत्रफलमा बृद्धि तथा सिचाई जलको कुप्रवन्धका कारण हुने जल जमावका साथै जलवायु परिवर्तनका कारण बढ्दो उष्णता यस रोगको प्रकोपको मुख्य कारण मानिन्छ । यसका अतिरिक्त मानव बस्तीहरुमा गरिने बंगुँर पालन पनि यस रोगको प्रकोपको कारण मानिन्छ ।

लक्षण

टाउको दुख्ने साथै ज्वरो सामान्य संक्रमणमा अरु कुनै प्रत्यक्ष लक्षण हुँदैन । गम्भीर प्रकारको संक्रमण भएमा टाउको दुख्ने तीब्र ज्वरो, धाटी अररो हुने, घवडाहट हुने, कोमामा जाने, कामने मस्तिपक निष्किृप भई पक्षघात हुन्छ । जापानी इन्सेफालाइटिसको संचयी काल अवधि सामान्यतय : ५ देखि १५ दिन हुन्छ । यसबाट ०.३ देखि ६० प्रतिशत सम्म हुन्छ ।

उपचार : 

यसको कुनै विशेष उपचार छैन । गहन सहायक चिकित्सा गरिन्छ । यो रोग भिन्न भिन्न देशमा भिन्न भिन्न समयमा देखिन्छ । क्षेत्र विशेषको हिसाबबाट ग्रामीण क्षेत्रका बासीन्दाहरुमा यो रोग बढी देखिन्छ । शहरी क्षेत्रहरुमा जापानी इन्सेफालाइटिस सामान्य तथा देखिदैन तर शहरमा अत्याधीक बसोबास गरेका सुकुम्बासी बस्तीमा आय आर्जनका लागि पालिएको क्षेत्रमा भने यो रोगको जोखिम देखिन्छ । यस रोगको रोकथामको लागि प्रभावकारी खोप उपलब्ध छ । नियमित रुपमा देखा पर्ने क्षेत्रमा पहिलो खोप २ महिना उमेर पुगेपछि र दोश्रो खोप ४ हप्ता पछि अनि प्रत्येक वर्ष दिनुपर्ने हुन्छ । अस्थायी पोखरी पानी जम्ने ठाउँ वर्षाको बेला नष्ट गर्नुपर्छ । यसबाहेक ताल पोखरी नहर नदि, धान खेतमा माछा पालन गर्दा माछाले लामखुट्टेको लाभी खाई बंशवृद्धि हुन रोक्छ । कम सिचाइ चाहिने धात खेती गर्ने तथा सिचाइ गर्दा खेत जलमग्न हुन नदिने । नहर, नालाहरुको सरसफाई नियमित गर्ने, सानै मच्छर दानी, मच्छर भगाउने मलमको प्रयोग गर्ने । धान खेत बरीपरि डिलमा सयपत्तिको विरुवा लगाउने यसको गन्धले लामखुट्टेलाई विर्कषण गराउँछ । व्यवस्थित बंगुरपालन मानव बस्तीबाट टाढा गर्ने किनकी यीनलेमानव संक्रमण पछि शिथिल भाइरसलाई तंग¥याउने काममा मद्दत गरी रोग फैलाउन सहयोगी भूमिका खेल्दछन् ।

निष्कर्ष : 

जापानीज इन्सेफालाइटिसको प्रकोप प्रति वर्ष बढ्दो छ जुन एउटा गम्भीर समस्या मानिन्छ । निर्दोश बालबालिका र गरीब समुदाय यसबाट बढी प्रभावित हुने गर्दछन् । जुन यस रोगबाट बाचे पनि अपाङ्ग भई बाँच्न विवश हुन्छन । त्यसैले प्रभावकारी रोग नियन्त्रण र निर्मुल गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता देखिन्छ । नियमित रोग प्रभावित हुने क्षेत्रमा अन्यथा निकट भविष्यमा यो रोगले यस क्षेत्र ठूलै माहामारीको गासद निमत्याउन नसक्ला यसै भन्न के सकिएला बेलैमा यसको नियन्त्रणको उचित व्यवस्थापन गरिएन भने रोग अन्य क्षेत्रमा विस्तार हुन गई बालबालिकाको स्वास्थ्यमा गम्भिर खत्राजनक चुनौतिका रुपमा देखापर्ने छ ।

हाम्रो आफ्नो परिपेक्षमा यो पक्तिकारले २०५०–२०५१ ताका बाके जिल्लामा फैलिएको यो रोगबारे सरेकारवालाहरुको प्रकृृया उदेक लाग्दो छ । जापान जेसीसले नेपाल जेसीसलाई वर्षेनी यसरोगको खोप नेपाल जेसीसलाई उपहार दिँदो रहेछ, जुन प्रति वर्ष नेपाल जेसीसले आफ्नो जेसीस सप्ताह मनाउँदा शहरी संभ्रान्तलाई खोप लगाई उत्सव मनाउने गर्दा रहेछन् । आज पनि स्थिचि फरक छैन रोग व्यापक भएपछि खोप खरिद गर्ने वा नगर्नेमा नै सरकारी निकाय दुविधामा छन् । सन् १८७१ मा पहिलो पटक जापानमा अभिलिखित यो रोगबारे निश्चित छन तर चिन्तित हामी नेपाली भन्न सकिन्न कहिले नेपाली जनसमुदाय यस रोगबाट आफु र आफ्ना सन्तती सुरक्षित मान्लान भन्न त भनिन्छ, घर घर टोल टोल गाउँ, नगर उपमहानगर महानगर प्रदेशमा सिंह दरवार पुगेको छ । आशा गरौं यो वर्षायाममा सुखी स्वस्थ्य नेपाल सम्वृद्ध नेपालीको उद्घोष पुरा होला ।

(लेखक पशु सेवा विभाग भेटेरीनरी जनस्वस्थ्य कार्यालय त्रिपुरेश्वरका सेवा निवृत्त प्रमुख बरिष्ट पशु चिकित्सक हुन् ।)

सम्बन्धित
Loading...