ghar sansar

यो माटोमा मनलाई मिसाएर…………….

गोबिन्द राज ओझा (राजन)

यो माटोमा मनलाई मिसाएर गयौ
वीर भएर यो संसारलाई चिनाएर गयौ

खुसी हुन्छ मन देशभक्तिको कथा सुन्दा
सुनिरहु लाग्छ हाँस्दै देशको लागि प्राण आहुति दिएको कथा

सम्झना आउँछ देशको लागि लडाई गरेका क्षणहरू
हृदयको महासागर बसेका छन् तस्बिरहरू

मनमा देशभक्तिको भावना बिसाएर गयौ
नेपाली मनमा बास गरेर गयौ

शब्दले बयान गर्न सकिँदैन शब्द माला बुनेर गए पनि
वीर पुर्खाहरूको वीरताले चिनिएका छौ आज पनि

यो माटोमा मनलाई मिसाएर गयौ
वीर भएर यो संसारलाई चिनाएर गयौ

Himal dental
सम्बन्धित
Loading...