ghar sansar

पुनर्वासमा वेवारिशे भेटिएका अखाद्य पदार्थ नष्ट

महेन्द्रनगर । कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याई बेवारिशे अवस्थामा छाडिएका पेय पदार्थ डिउ, तरकारी र फलफुल नष्ट गरिएको छ । पुनर्वास ६ ङ गाउँ क्षेत्रबाट सशस्त्र प्रहरीले भारतीय अबैध पेय पदार्थ डिउ, तरकारी र फलफुल बरामद गरेर नष्ट गरेको हो ।

आइतबार बोर्डर आउट पोष्ट पुनर्वासका सशस्त्र प्रहरी सहायक निरिक्षक अम्बर बहादुर खत्रिको कमाण्डमा खटिएको ५ जनाको पैदल गस्ती टोलीले १४ हजार ७ सय ५० मुल्य बराबरको डिउ, तरकारी र फलफुल बरामद गरी नष्ट गरेको बोर्डर आउट पोष्ट पुनर्वासले जनाएको छ ।

mantra hos123

बेवारीसे अवस्थामा रहेको ९ हजार मुल्य बराबरको ६ पेटी पेय पदार्थ डिउ, तथा ५ हजार ७ सय ५० रुपैया मुल्य बराबरको २० किलोग्राम टमाटर, ५ किलोग्राम हरीयो खुर्सानी र ३० किलोग्राम तरभुजा बरामद गरेर नष्ट गरिएको छ ।

बरामद कुखुरा र माछालाई, जनप्रतिनिधि, पत्रकार र स्थानीयको रोहबरमा नष्ट गरिएको बोर्डर आउट पोष्ट पुनर्वासले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...