
महेन्द्रनगर । भारतबाट भन्सार छली आएको दुई लाख बढी मूल्यको समान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रंहरी कार्यालयको टोलीले १ लाख ७ हजार, परासन प्रहरी चौकी ९४ हजार र प्रहरी बिट मझगाँउले २० हजार गरी २ लाख तीन हजार मूल्य बराबरको समान बरामद गरेको हो ।
बरामद समानमा स्किन साईन,लोटस नेचुरल बि बि क्रिम,डफ,कुर्ती,धोती,पेय पदार्थर चिनी लगायतका छन् । बरादम समान भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालयले जानकराी दिएको छ ।
