

महेन्द्रनगर । प्रहरीले छलीका समान सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोलीले आइतबार ६ लाख ७६ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालयको टोलीले ५ हजार ७५ हजार र इलाका प्रहरी गड्डाचौकीको टोलीले १ लाख ९ सय मूल्य बराबरको समान बरामद गरेको छ ।

बरामद समानमा विभिन्न किसिमका औषधि, मोटरसाइकल, मदिरा,चप्पल, सुट,कुर्ती,तेल,चिनी,र हार्डवेयरका लगायतका छन् । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका ती भारतीय सहित समान कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ ।

