
भीनपा ६ को उप निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लेखकले धर्मपत्निको नेतृत्वमा बनाए प्रचार प्रसार समिति

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थानेश्वर लेखकले निर्वाचन प्रसार प्रसार समिति बनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट प्रचार प्रसार समिति गठन गरिएको जानकारी गराएका हुन् ।

लेखकले आफ्नी श्रीमति कल्पना लेखकको संयोजकत्वमा प्रचार समिति गठन गरेका छन् । उनले केही दिन अघि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।

