
वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराउन सबै विद्यालयलाई भीमदत्त नगर सहकारी सञ्जालको आग्रह

महेन्द्रनगर । भीमदत्त नगर सहकारी सञ्जालले ६८ औ सहकारी दिवसको अवसरमा आयोजना गर्ने माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराउन सबै विद्यालयलई आग्रह गरेको छ ।
सञ्जालले भीमदत्त नगरपालिकाको सहयोगमा चैत १५ गते “सहकारी र प्रविधि : पारदर्शिता ,विश्वसनीयता र दिगो विकास “ विषयमा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको छ ।

सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेल र सचिव मोहन बहादुर चन्दले प्रतियोगितामा भाग लिन सबै विद्यालयलाई आग्रह गरेका छन् ।
भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित सुर्योदय बहुउद्देश्यीय सहकारी संस्था लि.को सभा कक्षमा प्रतियोगिता हुन लागेको छ ।
