ghar sansar

नेशनल लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

khasi

महेन्द्रनगर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी टिकापुर कैलाली शाखाको आयोजनामा अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम गरेको छ ।

टिकापुर शाखाका शाखा प्रमुख प्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिमप्रदेशका प्रदेश प्रमुख नविनकिशोर भट्ट र बिशिष्ट अतिथि पेशागत बिमा अभिकर्ता संघ बिमक नेशनल लाईफका प्रदेश अध्यक्ष चिफ बिजनेस म्यानेर राजेन्द्र बहादुर चन्द थिए ।

कार्यक्रममा टिकापुर शाखाबाट आ ब २०८१÷८२ मा सञ्जालबाट उत्कृष्ट बीमा ब्यवसाय गर्ने , ब्यक्तिगत कोडमा उत्कृष्ट बीमा ब्यवसाय गर्ने र निरन्तर बीमा ब्यवसाय गर्ने अभिकर्तालाई प्रमाणपत्र मेडल तथा खादा लगाएर सम्मान गरिएको छ ।

dirghayi clinic

कार्यक्रममा बीमा ब्यवशाय लाई मर्यादित बनाउन सकारात्मक सोचका साथमा दृढ संकल्प सहित निरन्तर प्रयासरत रहदा सफलता सहजै मिल्ने गर्दछ भन्ने कुरा राख्दै लगातार तीन पटक संजाल ब्यवशाय बाट सुदुरपश्चिम प्रदेश प्रथम हुन सफल कार्यक्रमका विशिष्ट अतिथि राजेन्द्र बहादुर चन्दले आफ्ना अनुभव सुनाए ।

यस्तै गरि प्रमुख अतिथि नविनकिशोर भट्ट बाट मोटिभेसन सहित बिमा ब्यवशायमा आवद्ध हुनाका फाईदाका बारेमा धारणा राख्दै प्रशिक्षण दिए ।

टिकापुर शाखाका शाखा प्रमुख प्रकाश खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रम सुखड शाखाकि शाखा प्रमुख स्नेहा तिवारीले संचालन गरेको कार्यक्रममा पाँच दर्जन अभिकर्ता सहभागी भएका छन् ।

नेशनल लाईफ नेपालको अग्रणी जीवन बिमा कम्पनी हो।सर्वाधिक बोनस दर भएको बिमा कम्पनी बिगत ३८ बर्ष देखि निरन्तर सेवा दिदै आईरहेको छ।

Himal dental
सम्बन्धित
Loading...