ghar sansar

उत्तराखण्ड राज्यका विभिन्न ठाउँहरुको अवलोकन नविनतम अनुभुति

khasi

–अमित प्रसाद भट्ट

२०८३ साल दशैं बिदाको समयमा ३ सदस्यीय टोली भारत उत्तराखण्ड राज्यको भ्रमणमा व्यक्तिगत तवरले निस्कीए –२०८३।०७।०१ मा। भ्रमणबाट भ्रमको नास होस, ब्रह्मको बास होस भन्ने हेतुले बेलाबेलामा यस प्रकारको भ्रमण कार्यक्रम आयोजना भइरहन्छ । आंशिक रुपमा चिसो बढिरहेको समयसितै अलिक न्यनो लुगा सहित २ जना हल्दुखाल र १ जना तिलकेनीबाट जिमुवामा भेट भइ अटोका माध्यमबाट बनबासा पुग्यौं । टाटा सुमोमा हल्द्दानीका लागि रमाना भयौं ।

ratnam

अलिक रिफ्रेस पश्चात हल्द्वानी बसपार्कबाट उत्तराखण्ड परिवहन निगमको गाडी समाइ काठगोदाम हुदै करिब दुइ अढाइ घण्टामा नैनिताल पुग्यौं । गोविन्दवल्लभ पन्त हाइ एल्टीच्युड पर्वतीय उद्यानमा बाघ, चितुवा लगायत दशौं जनावर चराचुरुंगीसित साक्षात्कार गरी मोहक नैनितालमा डुंगामा शयर गरी मलरोड लगायत नैनादेवी मन्दिर, गुरुद्वारा, दुर्गा पुजा महोत्सव अवलोकन गरि मल्लीतालमा रहेको आर्यसमाजको धर्मशालामा खाना खाएर शयन गर्यौं । उत्तराखण्ड राज्यका राज्यपालको गृष्मकालिन कार्यालय, राज्यको हाइकोर्ट तथा कुमाउँ विश्वविद्यालयको प्रधान कार्यालय भएको नैनीताल विभिन्न प्रकारले सुन्दर र सुरम्य छ । रात्रीको समयमा पहाडहरुमा देखिने झिलिमिलि बत्ती अत्यन्त मोहक हुने गर्दछ ।खुर्पाताल, हिमालय दर्शन ,ट्रली बस, कल्चरल ड्रेस यहाँका प्रंशासनिक विषय हुन् ।

दोश्रो दिन २०८३।७।२ मा बिहानै नैनितालबाट परिवहन निगमको बस समाइ यात्रुहरु चढ्ने, झर्ने ठुलो जंक्सन भवाली पुगियो । भवाली जाने बाटोबाटै मुक्तेश्वर समेत गइदो रहेछ । भीमताल समिपकै क्षेत्र हो भवाली । भवालीमा चियाखाजा खाइ बनिरहेकै बसड्डानजिकबाट अल्मोडाका लागि रमाना भयौं ।

प्राय जसो पहाडी रुटमा परिवहन निगमसंगै निजि लगानीका संगठित बसहरुले पनि सवारी ओसारपसार गर्छन भारतमा –जसको जानकारी हामीले उत्तरकाशीका २ धामजाँदा प्राप्त गरेका थियौं । कैचिधाम हुदै करिब १ बजेतिर अल्मोडा बजार मलरोड पुग्यौं । शिखर होटलबाट ओकालो लागि माथिल्लो गल्लीमा रहेको दुर्गा होटलमा बासबसी कसार देवी, नन्दा देवी मन्दिर दर्शन गरि रातिको समयमा रामलिला हेर्यौं।रात्रीकालिन बजार समेत चहकिलो हुदो रहेछ अल्मोडामा । पहिलेको समयमा अल्मोडा पनि नेपालमै थियो भन्ने कुरा सुन्दा मन झसंग हुने गर्दथ्यो । बाटामा रहेको ठुलो मल समेत हेरी हामीले चियापान गर्यौं ।

dirghayi clinic

२०८३।०७।०३ गते बिहानै रिफ्रेस पश्चात शिखर होटल पेट्रोल पम्प नजिकबाट जिपमा बसी आरतोला ओर्लियौं –मनोरम पहाडी बाटोबाट सुन्दर पहाड हेर्दै । आरतोला भन्ने ठाउँमा आलुपराठा खाइ प्रसिद्ध जागेश्वर धाम मन्दिर समुह दर्शनका लागि जिबमा चढी गयौं –करिब १५ मिनेटको दुरीको ठाउँ रहेछ उक्त धाम।प्राचिन ढुंगैढुगैंहरुले कलात्मक तवरले बनेका विभिन्न मन्दिर रहेछन जागेश्वरमा।सल्लाका रुखहरुको किनार हिमाली क्षेत्र बढो आकर्षित क्षेत्र थियो । दर्शन गरि पुनः आरतोला आइ पिथौरागढका लागि बस समाती अगाडी बढ्यौं । दनिया भन्ने ठाउँमा खाजा खाइ पनार, गुरना मन्दिर हुदै दिउँसो ४ बजेतिर पिथोरागढ पुग्यौं ।

बसपार्कबाट बाहिर आइ सिमलगैर हुदै सिल्थाम समिप पर्वत होटलको नजिकको उल्का प्रियदर्शनी होटलमा रात्रीबासको तयारी गर्यौं । जिल्ला अस्पताल ,नगर निगम भवन, रामलिला मञ्चन स्थल लगायत बजार क्षेत्रको अवलोकन गरि भोजन पश्चात रामलिला अवलोकन गरि रात्री विश्रामतर्फ लाग्यौं । रात्री समयमा रामलिला मञ्चन हेर्दाका बखतका शंकर जि र मेरा गफ मुम्फली (बादाम)को स्वादमा हसिँला हुन्थे ।

२०८३।७।४ गते बिहानै बझांगका बोहराजिको होटलमा चिया खाइ होटल पुनेथा इन नजिकैबाट चल्ने जिबमा बस्यौं चण्डाक जान । पिथौरागढमा आधा भन्दा बढि मानिसले नेपाली भाषा बुझ्दा रहेछन । नेपालीमय बजार सुन्दर खाले रहेछ– पिथौरागढ । चण्डाक पुग्नु पुर्व बाटोमा म्यागेसाइट कम्पनी र जिल्ला कारागार समेत रहेछ ।डाँडाँबाट पुरै पिथौरागढको सोर उपत्यका देखिदो रहेछ ।

केहीबेर क्रिश्चियन धर्मको प्रतिक चिन्ह जस्तो ढुंगाको प्लस फोटो खिचाइ हिमालतिरका दृश्य हेरी भिडियो बनाइ थौरैबेर पैदल, केहि बेर गाडीमा चढी मोस्टमानु टेम्पल पुग्यौं । नेपालका मष्टा देवतासित यसको इतिहास जोडीए जस्तो अनुभुति भयो । मन्दिर नजिकैको क्याफेमा खाजाखाइ पुन पिथौरागढ बजार आयौं । प्रसिद्ध पुजा स्वीटबाट मिठाइ किनि उत्तराखण्ड परिवहन निगमको बसमा बसी गुरना, लोहाघाट, चम्पावत, चल्थी , सुखीढांग हुदै राती करिब ७ बजे टनकपुर पुग्यौं । अटोमा चढी शारदा पुलबाट सशस्त्र सिमा बलबाट चेकजाँच गराइ सकुशल गृह गन्तव्यमा पुग्यौं ।

यस प्रकारका भ्रमणले नयाँ नयाँ ठाउँहरुसित प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त हुनका साथै अनुभवको दायरालाई फराकिलो बनाउने अवसर पनि प्राप्त हुन्छ । समुहमा तयार हुनेहो र परिवहन निगमका बस एवं रेलको यात्रा गर्ने हो भने थोरै रकममा धेरै ठाउँ पुग्न सकिन्छ । भ्रमणको केहि न केहि उपादेयता भएर त विदेशीहरु महिनौं दिनसम्म नेपालका विकट विकट ठाउँ समेत घुम्नलाई आउँदछन् ।

लेखक बेलौरी नगरपालिकाका शिक्षा अधिकृत हुन् ।

Himal dental
सम्बन्धित
Loading...