ghar sansar

किसानलाई मलखाद उपलब्ध गराउन सहकारी सञ्जालले दियो सरकारलाई दबाव, प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका सहकारीले धानबालीका लागि किसानलाई मलखाद उपलब्ध गराउन सरकारलाई दबाव दिएका छन् । भीमदत्त नगर नगर सहकारी सञ्जालले प्रधानमन्त्री शेर बहादुर देउवालाई मलखादका लागि ज्ञापन पत्र पठाएका छन् ।

सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलको नेतृत्वमा स्थानीय प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ । प्रशासन कार्यालयमा अध्यक्ष खरेलले सहायक प्रमुख जिल्ल्ला अधिकारी अशोक सिह भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सञ्जालका अध्यक्ष खरेलले धान रोपाई सुरु भएकाले तत्काल किसानलाई मलखाद उपलब्ध गराउन माग गरिनु पर्ने बताइ । ‘धान रोपाइँको समय सुरु भैसकेकोले तत्काल मलखाद आपूर्तिको व्यवस्था मिलाउन सरोकारवाला निकायसँग माग गर्दछौं’ उनले भने, ‘सम्बन्धित निकायले विभिन्न बहाना देखाइ ढिलो गर्ने काम नगर्न समेत जोडदार माग गर्दछौं ।’

dirghayi clinic

ज्ञापन पत्र पत्रमा मल आपूर्ति गर्ने निकाय कृषि सामाग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनमै मलखाद नभएको उल्लेख गरिएको छ । ‘विभिन्न सञ्चार माध्यममा भनिरहे पनि कञ्चनपुरमा भने मलको अभाव भएको छ, कृषकलाई आवश्यक पर्ने मल आवश्यकता भन्दा ९०% कम आपूर्ति भएको हुनाले कृषकहरु मारमा परेका छन्’ ज्ञापन पत्रमा भनिएको छ, ‘गहुँको सिजनमा पनि मलकै अभावले उब्जनी घटेर आर्थिक मारमा परेका किसान धानको समयमा पनि माग बमोजिम मलखाद आपूर्ति हुन नसकेकोले धान उत्पादनमा पनि त्यसको मार खेप्नु पर्ने हो कि भनेर चिन्तित छन् ।’

सञ्जालले ३० प्रतिशत खाद्यान्न वृद्धि गर्ने सरकारी नाराप्रति असन्तुष्टि जनाउँदै किसान आफैंले जोहो गरेको मलखादमा धरपकड गर्न थालिएकोमा असन्तुष्टि व्यक्त गरेको छ ।

मल आयात प्रक्रिया कमिसनको जालोमा बेरिएकाले समयमा आपूर्ति हुन नसकेको उल्लेख गर्दै सञ्जालले मन्त्रालय आफंै नाइके हुनु दुःखद भएकोमा चिन्ता जाहेर गरेको छ ।

‘सम्बन्धित मन्त्रालय त्यो जालो चेतन नसकेर वा आफै पनि त्यो कमिसनको जालोको मुख्य नाईके भएर हो विभिन्न वहाना गरेर मल ल्याउने कुरा टारिरहेको छ’ ज्ञापन पत्रमा भनिएको छ,‘किसानलाई समयमै मल बिउ बिजन दिनुको साटो किसान बिमा भनेर अर्को कमिसनको जालो बुन्दै छ ! त्यस्ता फजुल कार्यक्रम भन्दा समयमा नै मलखाद कसरी आपूर्ति हुने व्यवस्था मिलाउन सरकारसंग माग गर्दछौ ।’

Himal dental
सम्बन्धित
Loading...