ghar sansar

बेलडाँडीका अध्यक्ष रानाले स्वयम् सेवी गणकमा देखाए कमाल, आदिवासी दुई जना छानिँदा दलित शुन्य

little buddha academy
khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकामा घरधुरी लगत वस्तुगत विवरण संकलनका लागि स्वयम्सेवी गणना छनौट गरिएका छन् । गाउँपालिकाले सर्ट लिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता लिएर २२ जना गणक छनौट गरेको छ ।

अन्तर्वार्तामा आदिवासी जनजाति समुदायका दुई जना मात्रै गणक उत्तीर्ण भएका छन् । उनीहरुमा सन्तोस राना क्षेत्री र निराजन चौधरी छन् । वैकल्पिक ९ जनामा गंगा सिह राना, राज कुमार चौधरी र जनक चौधरी छन् ।

,orning glory badhai

बेलडाँडी गाउँपालिकामा आदिवासी जनजाति समुदायका हरिशचन्द्र राना गाउँपालिका अध्यक्ष छन् । आदिवासी जनजाति बाहेक दलित समुदायका एक जना गणक पनि छनौट गरिएका छैनन् ।

गाउँपालिका स्रोतका अनुसार अधिकाँश जनप्रतिनिधि र कार्यालयसित पहुँच भएका व्यक्तिका नजिकका आफन्त अधिकाँश छनौट गरिएका छन् । अन्तर्वार्तापछि गाउँपालिका केही जनप्रतिनिधिसित बसेर उत्तीर्णको सूची तयार गरिएको गाउँपालिका स्रोतको दावी छ ।

पहुँचका आधारमा छनौट गर्दा निश्चित अवधिका लागि खोलिएको गणनामा समेत आदिवासी जनजाति र दलित समुदाय वेवास्तामा परेका छन् ।

स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि गाउँपालिका अध्यक्ष रानाको कार्यकालमा पहिलो पटक कर्मचारी राखिएका हुन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गणक राख्ने जिम्मा गाउँपालिकालाई दिएको थियो ।

dirghayi clinic

‘गणक राख्न कार्य समेत समावेशी हुन सकेन, अरु भए के हुन्थ्यो होला’ गाउँपालिकाका एक कर्मचारीले भने,‘पेलेर जान खोजिएको छ, यो राम्रो होइन् ।’

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशिका अनुसार गाउँपालिकाले गणकका लागि सूचना आव्हान गरी निवदेन संकलन गरेको थियो । कार्यालयमा आएका निवेदनबाट सर्टलिस्ट गरी ३२ जना छानिएको थियो ।

गाउँपालिकाले गणकका लागि कक्षा १२ उत्तीर्ण गरेको, आफ्नै मोबाइल भएको लगायतका योग्यता राखेर आवेदन माग गरेको थियो ।

सर्टलिस्टमा परेका उम्मेदवारको अन्र्तवार्ता गरी छनौट गरिएको छ । कार्यालयका ५ कर्मचारीले अन्तर्वार्ता लिएका छन् ।

अन्तर्वार्तामा उत्तीर्णले गाउँपालिकाले दिएको जिम्मेवारी अनुसार घरदैलोमा पुगेर तथ्याङ्क संकलन गर्नु पर्नेछ । तथ्याङ्क संकलन कार्य सकिएपछि उनीहरुको कार्य अवधि पनि सकिने छ । त्यसका लागि गणकले एउटा घर वापत ८० रुपैँया पाउने छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले सर्ट लिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता गरी लिएर छनौट गरिएको बताए । ‘अन्तर्वार्तामा पास नभएपछि कसैले सोर्सफोर्स लगाएर पास गराएको हो भन्न सक्छन्’ उनले भने,‘त्यस्तो केही पनि छैन ।’

बेलडाँडी गाउँपालिकाको जनसंख्या २२ हजार ४१ छ । यसमा ९ हजार ९ सय ३९ पुरुष र १२ हजार १ सय २ महिला छन् ।

Himal dental
सम्बन्धित
Loading...