महेन्द्रनगर बजारमा दिनदहाडै गुण्डागर्दी

महेन्द्रनगर । महेन्द्रनगर क्याम्पस रोडस्थित कुमारी विकास बैंककोे अगाडि शनिबार साँझ ५ बजेतिर साइकल सवार एक विद्यार्थीलाई दुई जनाले रोके । उनी रोकिएको एक छिनपछि रोक्न दुई जना सहित ६÷७ जनाले उनीमाथि आक्रमण गरे । साइकलमा चढेका ती विद्यार्थी ढलेपछि मात्रै उनलाई छाडेर उनीहरु भागे । कुटपिटमा ती विद्यार्थीको टाउकोबाट तत्काल रगत बग्यो । केही छिनपछि प्रहरी गाडी आएर उनलाई महाकाली प्रादेशिक अस्पताल लग्यो ।

विद्यालयबाट घर जाँदै गरेका भीमदत्त नगरपालिका ३ का अमतृ बोहरामाथि शनिबार साँझ क्याम्पस रोडमा आक्रमण गरिएको छ । हातमा पञ्जा भिरेका युवाले कुटपिट गर्दाको बोहराको टाउकोमा चोट लागेको छ । उनी उपचारका लागि महाकाली अस्पताल भर्ना भएका छन् ।

बोहरा महेन्द्रनग साधारण माध्यमिक विद्यालयका विद्यार्थी हुन् । उनलाई कुटपिट गर्ने विद्यार्थी पनि सोही विद्यालयका हुन् । ‘अरु त चिन्दैन, एउटा ७ र अर्को ९ मा पढ्छ,’ उनले भने,‘किन आक्रमण गरेको हो मलाई नि थाह भएन, म ती दुई चिन्छु ।’

प्रत्यक्षदर्शीका अनुसार घाइते बोहरामाथि आक्रमण गरी उनीहरु सबै धिरज फोटो स्टुडियो भएर बाहिरिएका छन् । बोहरामाथि आक्रमण गरी उनी सडकमा ढलेपछि उनीहरु फरार भएका छन् । आक्रमण गर्दा बजारका वासिन्दा पुगेपछि उनीहरु भागेका थिए ।

प्रत्यक्षदर्शीले जानकारी गराएपछि आएको प्रहरी टोलीले बोहरालाई अस्पताल पुगाएको थियो । त्यसको केही घणपछि वडा प्रहरी कार्यालयका इन्चार्ज प्रकाशदेब भण्डारी आफैं आएर घट्नाबारे जानकारी लिएका छन् । उनले बैंक आशपास क्षेत्रका वासिन्दासित घट्जाबारे जानकारी लिएका छन् ।

बोहरामाथि आक्रमणमा संलग्नहरु उनकै उमेर समूहका छन् । बोहराले आफूमाथि गरिएको आक्रमणको कारण थाहा नभएको बताए । ‘ती दुई जना ७ र ९ मा पढ्छन्, अरु को हुन् थाह भएन’ उनले भने,‘किन आक्रमण गरियो केही थाह छैन ।’

महेन्द्रनगरको व्यस्त सडका दिनदहाडै आक्रमण भएपछि स्थानीयले प्रहरीको शान्ति सुरक्षामाथि चिन्ता व्यक्त गरेका छन् । बोहरामाथि आक्रमण हुँदा नजिकको चिया पसलमा बसि रहेका नेकपा एमालेका नेता कर्ण बहादुर चन्दले प्रहरी प्रशासनको
कमजोरीले दिनदहाडै बजार क्षेत्रमै गुण्डागर्दी हुन थालेको बताए । ‘प्रहरी प्रशासन बलियो नहुँदाको यो परिणाम हो, प्रहरीले कानुन पालना गर्न सकेको भए यस्तो हुँदैन्थ्यो’ उनले भने ।

पछिल्लो समय महेन्द्रनगरमा गुण्डागर्दीका घट्ना बढेका छन् । सदरमुकामै बजारमा यतिसम्म हुँदा पनि प्रहरीले रोक्न नसकेकोमा स्थानीय असन्तुष्ट छन् । केही दिन अघि महाकाली अस्पतालबाट घर आउँदै गरेका स्थानीयमाथि अपरिचित समूहले आक्रमण गरेको थियो । अहिले राति बजारमा हिँडडुल गर्न अप्ठेरो अवस्था आएको स्थानीय बताउँछन् ।

वडा प्रहरी कार्यालयका इन्चार्ज भण्डारीले आक्रमाण्मा संलग्नको खोजी सुरु गरिएको बताए । ‘सिसिटीभि फुटेज हेर्न लगाएका छौ, प्रहरीले पनि खोजी गरि रहेको छ’ उनले भने ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.