दोधारा चाँदनीको कुतियाकवरमा बाढीमा आधारित कृत्रिम नमूना अभ्यास

Amity

पप्पु गुरुङ्ग
दोधारा । कुतियाकवर बस्तीको नजिक महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा हो–हल्ला, दौडादौड छ् । स्टेचरमा बाढीमा डुबेका घाईतेहरुलाई बोक्न खोज सामुदायिक स्तरिय बिपद् ब्यवस्थापन अन्तर्गत विपद् कार्यदल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रसकर्मीको टोली भ्याईनभ्याई छ ।

बाढी बस्तीमा पसेर व्याप्त क्षति पु¥याएको अवस्थामा स्थानीयलाई कसरी उद्धार गर्ने बिषयमा उनिहरु खटिएका छन् । चारैतिर हो–हल्ला, स्थानीयको चिच्याहटले वातारण शुन्यमय बनेको छ् । आकाशबाट मुसलधारा पानी आएको छ्, जगबुडा नदी र महाकालीको दोभान बस्तीमा नदीको पानी बस्तीमा छिरेर बस्तीमा चिल्लीबिल्लीनै बनाएको छ् ।

janjyoti campus

स्थानियले आफ्नो ज्यान जागाउनैमा दौडधुपमा छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, बिपद् कार्यदलको माईकिङ्ग र सिटीको चर्को आवाज समेत गुञ्जयमान छ । विपद् कार्य दल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मीहरु स्टेचरमा घाईतेहरुलाई बोक्नै हम्मे–हम्मे परेको छ् ।

अर्कोतिर बाढीमा डुबेका घाईतेको प्राथमिक उपचार पनि चलिरहेको छ् । बित्यास लाग्दो वातावरण । एम्बुलेन्सले घाईतेलाई प्राथमिक उपचार पछि बोक्दै नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा पु¥याउदै फर्किदै गरेको मार्मिक दृश्य देखिन्छ् ।

बाढीको कारण पानीमा डुबेर घाईतेहरुको अवस्था निकै दर्दनाक छ् । महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेर स्थानियहरुको दुखान्त दृश्य बाहेक केही देखिएदैन् ।

यो दृश्य हो दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियकवार बस्तीको महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रको बाढीमा आधारित कृत्रिम नमुना अभ्यासको । वर्षाको बेला बाढीबाट कसरी धन र जनको सुरक्षा गर्ने बिषयमा गरिएको कृत्रिम नमुना अभ्यास रहेको निड्स नेपाल कञ्चनपुरका बिपद् फोकल पर्सन ईश्वर उपाध्यायले बताए ।

बाढी आएको बेला खोज उद्धार कार्य दल, पूर्व सूचना कार्य दल, प्राथमिक उपचार कार्यदल, नेपाल प्रहरी, सशस्त्र प्रहरीले गरिने कृत्रिम नमूना अभ्यासको तालिम गरिएको निड्स नेपाल कञ्चनपुरका बिपद् फोकल पर्सन उपाध्यायको भनाई छ ।

दोधारा चाँदनी नगरपालिका १० आसपास क्षेत्रमा महाकाली नदी र जगबुडा नदीको आएको बाढीले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानियको धनजनको ठूलो मात्रामा क्ष्ति गर्दै आएको छ । नदीमा आएको बाढीको कारण उक्त बस्तीका स्थानीय पलायन हु“दै आएका छन् ।

आकाशमा कालो बादल देख्ने बित्तिकै उनीहरुमा चिन्ताले सताउन थाल्छ । ती बस्तीमा विभिन्न गैर सरकारी संस्थाले नदी नियन्त्रण तथा बाढी आएपछि कसरी बच्ने बिषयमा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

दोधारा चादनीको बिभिन्न बाढीग्रस्त क्षेत्रमा निड्स नेपालले विशेष कार्यक्रम सञ्चालन गरी स्थानीयलाई सहयोग गर्दै आएको छ । पछिल्लो समयमा आएर नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरले पनि बाढी ग्रस्त बस्तीमा आफ्नो सहभागिता जनाउदै आएको छ ।

वर्षा सुरु हुने समयमा आएको हदा बाढीबाट कसरी धनजनको सुरक्षा गर्ने भन्ने बिषयमा स्थानियहरुको सहभागितामा तालिम सञ्चालन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका प्रतिनिधी राजकुमार सुनारले बताए ।

सामुदायिक स्तरिय विपद् व्यवस्थापन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा कृत्रिम नमूना अभ्यास सञ्चालन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका प्रतिनिधि सुनारले बताए ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर उप प्रमुख गंगा जोशी, वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक पदम रावल, सामुदायिक स्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत विपद् कार्यदल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रसकर्मी तथा स्थानिय सहभागी भएका छन् ।

निड्स नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर, दोधारा चा“दनी नगरपालिका कार्यालय लगायत विभिन्न दातृ निकायले कृत्रिम नमूना अभ्यास सञ्चालन गरेका छन् ।

कुतियाकवर बस्तीका एक स्थानिय माया देबी सुनारले बाढीबाट बच्न गरिएको कृत्रिम नमुना अभ्यास निकै फलदायी रहेको बताइन् ।

दोधारा चादनी नगरपालिका क्षेत्रमा निड्स नेपाल कञ्चनपुरले विपद्का रहेका जोखिम बस्तीमा १० स्थानमा समुदाय स्तरीय विपद् व्यवस्थापन समिति मार्फत विपद् कार्यदल गठन गरी उनीहरुलाई विपद् आई परेकाहरुलाई खोजी तथा उद्धार कार्यका लागि विभिन्न तालिम तथा बैठक सञ्चालन गर्दै आएको छ ।

सो अनुरुप आज आएर उनीहरुलाई प्रयोगात्मक कृत्रिम नमूना अभ्यासको लागि बाढीबाट कसरी जोगिने भन्ने विषयमा कृत्रिम नमूना अभ्यास कार्यक्रम सञ्चालन गरिएको बताईएको छ ।

ghar sansar
सम्बन्धित
Loading...