ghar sansar

सुप विश्वविद्यालयको दोस्रो दीक्षान्त : डेढ हजार बढी विद्यार्थी दीक्षित

प्रधानमन्त्री भन्छन्– यसै वर्षदेखि चिकित्सा शास्त्रको पठनपाठन सुरु गर्छौ

little buddha academy
khasi

महेन्द्रनगर । सुुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा १ हजार ५ सय ५८ विद्यार्थी दिक्षित भएका छन् । उनीहरुमध्ये ३ सय बढी विद्यार्थी समारोहमा सहभागी भएका छन् । उनीहरु बाहेकका सबै ग्रेस लिष्टका हुन् । विश्वविद्यालयको सालघारीस्थित केन्द्रीय कार्यालययमा दीक्षान्त समारोह गरिएको छ ।

समारोहमा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री शेर बहादुर देउवाले यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गरिने बताए ।

,orning glory badhai

‘विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरु योजना निर्माणको कार्य अगाडि बढाउँदैछ,’ प्रधानमन्त्री देउवाले भने, ‘सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ ।’

dirghayi clinic

विश्वविद्यालयले सुदूरपश्चिमका निम्न र मध्य आय भएका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गरेको बताउदै देउवाले गुणस्तरीय जनशक्ति उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

‘विश्वविद्यालय समयअनुसार शैक्षिक र व्यवस्थापकीय सुधार हुन आवश्यक छ,’ उनले भने, ‘आउदा केही वर्षमा मुलुककै उत्कृष्ट संस्था बन्नेमा आशावादी छु ।’

प्रधानमन्त्री देउवाले विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था बनाउनु पर्नेमा जोड दिदैं प्राज्ञिक स्तर वृद्धि गर्नु पर्ने उल्लेख गरे ।
विश्वविद्यालयका सहकुलपति शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विदेशिने विद्यार्थीलाई रोक्न स्वदेशमै स्तरीय शिक्षा दिनु पर्ने बताए ।

गेटा मेडिकल कलेजलाई कलेजकै रुपमा वा नयाँ ढङगबाट संचालनका लागि कामकाज अघि बढाउन सरकारले योजना ल्याएको मन्त्री पौडेलको भनाई थियो ।

कुमाउ विश्वविद्यालयका उपकुलति प्रा.डा. नरेन्द्र कुमार जोशीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा.अम्मराज जोशीले विश्वविद्यालयले थप अनुसन्धान खोजमुलक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...