ghar sansar

दोधारा चाँदनीमा बाल श्रम निवारण सम्बन्धी चेतनामुलक मनोपरामर्श तथा शैक्षिक विकास सम्बन्धी कार्यशाला

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा एक दिने बाल श्रम निवारण सम्बन्धी चेतनामुलक मनोपरामर्श तथा शैक्षिक विकास सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ४ स्थित रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनी र दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा गरि दुई बेग्ला बेग्ला स्थानमा एक दिने बाल श्रम निवारण सम्बन्धी चेतनामुलक मनोपरामर्श तथा शैक्षिक बिकास सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको नमुना समाज नेपालका अध्यक्ष हरिना भट्टले जानकारी दिएका छन् ।

नमुना समाज नेपालको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको समन्वयमा आज दोधारा चाँदनी नगरपालिकाका दुई बेग्ला बेग्लै स्थानमा कार्यशाला गोष्ठी सम्पन्न भएको नमुना समाज नेपालका अध्यक्ष हरिना भट्टले बताइन् ।

dirghayi clinic

नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीको सभा कक्षमा सञ्चालन भएको बाल श्रम निवारण सम्बन्धी चेतनामुलक मनोपरामर्श तथा शैक्षिक बिकास सम्बन्धी कार्यशालामा शारदा सरस्वती माध्यमिक बिद्यालयका ५० जना बिद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यशाला उद्घाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी, वडा नं. २ का वडाध्यक्ष पदम सिंह रावल, वडा नं. ३ का वडाध्यक्ष हरसिंह धनाडी, वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, वडा नं. ५ का वडाध्यक्ष केशव खत्री, बालअधिकारकर्मी केशव प्रसाद बराल, नमुना समाज नेपालका अध्यक्ष हरिना भट्ट, कार्यक्रम संयोजक तथा ब्यवस्थापक धर्मानन्द जोशी, सहजकर्ता अर्जुन प्रसाद भट्ट, प्रशिक्षक राजेन्द्र प्रसाद जोशी, लोकेन्द्र प्रसाद जोशी, शारदा सरस्वती माध्यमिक बिद्यालयका सहायक प्रधानध्यापक सर्वजित बुढा लगायत सहभागी भएका छन् ।

यस्तै दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा संचालन भएको कार्यशाला गोष्ठीमा दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको आयोजक संस्था नमुना समाज नेपालले जनाएको छ् ।

सरकारले निर्देशन गरे अनुसारको पालिकामा समन्वय समिति गठन गर्ने कार्यक्रम समेत रहेको हुदा दोधारा चाँदनी नगरपालिकाका उपमेयरको संयोजकत्वमा महिला तथा बालबालिका शाखाका प्रतिनिधी, नमुना समाज नेपालको प्रतिनिधी रहने गरि बाल श्रम निवारण समन्वय समिती गठन गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...