ghar sansar

दोधारा चाँदनीमा घुम्ती बाली उपचार शिविर सञ्चालन हुने

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा एक दिने घुम्ती बाली उपचार शिविर संचालन हुने भएको छ् ।

बाली संरक्षण प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरको आयोजनामा दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखा कार्यालयमा सोमवार (अर्थात भोली) एक दिने घुम्ती बाली उपचार शिविर संचालन हुने भएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषि शाखा कार्यालयका शाखा प्रमुख कमलापती भट्टले जानकारी दिएका छन् ।

,orning glory badhai
dirghayi clinic

किसानले लगाएको बालीमा देखिएको रोग, किराका नमूना जाँच गराउनुका साथै परामर्श समेत दिईने शाखा प्रमुख कमलापती भट्टले बताएका छन् ।

धान बालीमा लाग्ने रोग तथा फेद कुहिने रोग र भाईरस, मकैमा अमेरिकन फौजी कीराको समस्या लगाएत सबै बोट बिरुवामा रोगहरुको परीक्षण, उपचारको उपाय बारेमा किसानहरुलाई जानकारी दिईने बताईएको छ् ।

कृषकको बालीमा लागेका रोग, कीरा तथा अन्य समस्याको सही पहिचान गरी समयमै उपयुक्त व्यवस्थापनका उपाय दिने उद्देश्यले शिविर सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखा कार्यालयका शाखा प्रमुख कमलापती भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...