दोधारा चाँदनीमा यसरी मनाइयो अन्तराष्ट्रिय योग दिवस

Amity

दोधारा । दोधारा चाँदनी नगरपालिकामा आठौं अन्तर्राष्ट्रिय योग दिवस भव्य रुपमा मनाइएको छ । दोधारा चाँदनी नगरपालिका ७ कमलशा बाबा मन्दिरबाट निस्केको.¥याली मिलन चौराहमा एक कार्यक्रम गरी समापन भएको छ ।

¥यालीमा बालबालिका, युवा तथा बृद्ध बृद्धा सहभागी भए । ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मन मुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नु पने कार्यक्रमा बताईएको छ ।

janjyoti campus

पतञ्जली योग समिति दोधारा चाँदनीका नगर महामन्त्री हरि ओंम रसाईलीले योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकासको विकास हुने बताएका छन् । विविध कारणले मानव जिवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गरी मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न, जिवनलाई शान्त, फलदायी र उत्पादन मुलक बनाउन योग प्रभावकारी सिद्ध भएको उल्लेख उनले बताएका छन् ।

कार्यक्रममा पतञ्जली योग समिति दोधारा चादनीका नगर महामन्त्री हरि ओंम रसाईली, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार, दोधारा चादनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, बालअधिकारकर्मी केशव प्रसाद बराल, वडा नं. ७ का वडा सदस्य कमला उपाध्याय्, वडा नं. ९ का वडा सदस्य बल बहादुर रावत, नेपाली काँग्रेंस कञ्चनपुर सह सचिव नाफु सिंह साउद, भानु बहुमुखी क्याम्पसका प्रमुख प्रकाश चन्द लगायतका सहभागी भएका छन् ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्य क्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्मा बिचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगाएत सकारात्मक गुणको विकास हुने बताए ।

नेपालको अमूल्य निधिका रुपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाईनै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ् ।

भगवान् शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाईन्छ् । शिव र पार्वती बिचको संवादलाई प्रचार प्रसार गरी योग संसार भर फैलिएको थियो । बिचमा लुप्त प्राय भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनजागरणनै शुरु भएको छ । योग एवं प्राकृतिक चिकित्साका अनुसन्धनकर्ता डा. हरिप्रसाद पोखरेलको सक्रियतामा नेपालमा योग दिवस मनाउन शुरु गरिएको बताईएको छ ।

 

ghar sansar
सम्बन्धित
Loading...