महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ८ मा सञ्चालित ६ महिने तालिमको सोमवार समापन गरिएको छ । । वडा कार्यालयको सहयोगमा युनाईटेड कम्प्युटर इन्स्च्यिुट झलारी संग सम्झौता गरी तालिम आयोजना गरिएको हो । तालिममा १० जना युवा र १० जना युवती गरी २० जनाको सहभागीता रहेको थियो ।
तालिममा युवा युवतीहरुलाई छ महिनाको अबधिमा १८० घण्टा तालिम प्रदान गरिएको इन्स्च्यिुटका सञ्चालक सितल पाण्डेयले बताए ।
तालिममा सहभागी युवा युवतीहरुलाई कम्प्युटरको आधारभूत ज्ञान प्रदान गरेका छौं उनले भने, युवा युवतीले कम्प्युटर सम्बन्धि वेसिक कुराहरु सबै सिकेर दक्ष भएका छन् ।
वडा अध्यक्ष बहादुर सिंह महराले रोजगारीमा संलग्न हुने युवा युवतीहरुलाई कम्प्युटर सम्बन्धि ज्ञान अनिवार्य हुने भएकाले वडाबाट बजेट विनियोजन गरी तालिममा सहभागी गराईएको बताए ।
उनले तालिममा संलग्न युवा युवतीहरुले कम्प्युटर सम्बन्धि धेरै ज्ञान हासिल गरेको पाईएको बताए । थप कम्प्युटर सम्बन्धी तालिम चाहिएमा माग अनुसार तालिम सञ्चालन गरिने उनले बताए ।
तालिमबाट सिकेका कुरालाई व्यवहारमा उत्तार्नु पर्ने कुरामा जोड दिदै उनले जुन सुकै क्षेत्रमा रोजगारीमा जानेलाई यस तालिमले सघाउ पुरयाउने बताए ।