ghar sansar

दोधारा चाँदनीमा स्थानिय पाठ्यक्रम सम्बन्धी दुई दिने तालिम सञ्चालन

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा स्थानिय पाठ्यक्रम र स्थानिय बिषय शिक्षण सम्बन्धी दुई दिने तालिम संञ्चालन भएको छ् । मेयर किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा सुरु कार्यक्रममा उप मेयर गंगा देबी जोशी विशिष्ठ अतिथि थिइन् ।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष ओमप्रकाश रोकाया, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्र, शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशी, योजना अधिकृत भान देब भट्ट लगायतका सहभागी भएका छन् ।

Anant bahu travels

दोधारा चाँदनीका मेयर लिम्बु पदभार सम्हालेपछि स्थानीय पाठ्यक्रम बनाउन सक्रिय देखिएका छन् पाठ्यक्रम भित्र स्थानिय पेशा, व्यवसाय तथा आर्थिक क्रियाकलाप, धर्म, संस्कृति र पर्यटन, मानविय मुल्यमान्यता र कुरितिहरु, स्वास्थ्य, खेलकूद र सडक सचेतना, हाम्रा प्राकृतिक सम्पदाहरु, प्रकोप तथा विपद्, खुला सिमाना अवसर र चुनौती, स्थानिय व्यक्तित्व तथा संघ–संस्थाहरु विषयवस्तु रहेका बताईएको छ ।

स्थानिय स्तरमा रहेका मूल्य मान्यता, कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानिय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने तयारी भईरहेको मेयर लिम्बुले बताए ।

dirghayi clinic

कक्षा १ देखि ८ सम्म पढाईने एक सय पूर्णाङको सो पाठ्यक्रममा स्थानिय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचान लगाएत सम्पूर्ण पक्षलाई समेटिएको मेयर लिम्बुले बताएका छन् ।

‘हामीले देश, बिदेशको बारेमा जानकारी राख्ने भए पनि आफ्नो क्षेत्रमा भएका कला, संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचान गर्न नसकेको अवस्थामा स्थानिय पाठ्यक्रमले स्थानिय स्तरमा पेशा, व्यवसाय तथा आर्थिक क्रियाकलाप, धर्म, संस्कृति र पर्यटन, मानविय मुल्यमान्यता र कुरीति, स्वास्थ्य, खेलकूद र सडक सचेतना, हाम्रा प्राकृतिक सम्पदाहरु, प्रकोप तथा विपद्, खुला सिमानाको अवस्था, स्थानिय व्यक्तित्व तथा संघ–संस्थाहरु बारेमा महत्वपुर्ण जानकारी रहने हुदा नगर समृद्धि र बिकासको लागी स्थानिय पाठ्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने छ्’ दोधारा चा“दनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भने ।

केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानिय संस्कृती, जनजीवन, भुगोल लगाएतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानिय पाठ्यक्रमको अवधारणा ल्याईएको कार्यक्रममा बताईएको छ् ।

नेपाल जस्तो विविध भौगोलिक, सांस्कृतिक, भाषिक लगाएतका परिवेशका कारण समाजको आवश्यकता र चाहना फरक फरक छन् । स्थानिय आवश्यकताका बिषय वस्तु त्यहीका नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानिय ज्ञान, सिप र प्रविधिलाई समेटी विकास गर्ने पाठ्यक्रमनै स्थानीय पाठ्यक्रम रहेको तालिमका वक्ताहरुले बताए ।

‘स्थानिय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम ज्ञान र सिपको मार्ग दर्शन पहिल्याउन सहयोग गर्दछ । स्थानिय स्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्दछ ।

स्थानीय पाठ्यक्रमलाई शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किलाका रुपमा पनि लिन सकिन्छ्’ स्थानिय पाठ्यक्रम शिक्षाविद् श्रीनाथ बरालले बताए । निमार्ण गरिने पुस्तकको नाम ‘हाम्रो दोधारा चाँदनी’ रहने बताईएको छ ।

Himal dental
सम्बन्धित
Loading...