ghar sansar

सनराइजको एसईईमा यस्तो शाख

khasi

महेन्द्रनगर । ५० को दशकमा महेन्द्रनगर बजार क्षेत्रमा चार ओटा मात्रै संस्थागत (निजी) विद्यालय थिए । त्यसमा पनि कञ्चन विद्या मन्दिर र राष्ट्रिय बाल विद्यालय गुठी अन्र्तगत सञ्चालनमा गरिएका थिए । अहिले पनि ती दुबै विद्यालय सञ्चालनमा छन् ।

सनराइज पब्लिक सेकेन्ड्री स्कुल र सरस्वती विद्या मन्दिर त्यस समयका अर्का दुई चर्चित विद्यालय थिए ।

सरस्वती बन्द भइ सकेको छ । सनराइज भने कटानस्थित आफ्नै भवनमा नर्सरीदेखि कक्षा १० सम्म सञ्चालनमा छ ।

खैरभट्टीमा गौरब बाल शरणम नामले २०४८ मा खोलिएको यो विद्यालय तीन वर्षपछि सनराइजका नामले परिचित छ ।
सनराइज अरु विद्यालय भन्दा फरक भएको विद्यालयका प्रशासन प्रमुख गंगा चालिसे बताउँछिन् ।

‘हाम्रो यो विद्यालय पुरानो हो, अरु भन्दा हामी फरक छौ, सनराइजमा पढेका बच्चा बिग्रेका अहिलेसम्म सुन्न पाएका छैनौ, यो हाम्रा लागि सबैभन्दा ठूलो खुसीको कुरा हो ।’

dirghayi clinic

प्रशासन प्रमुख चालिसेका अनुसार विद्यालयले शिक्षा, अनुशासन, संस्कार र प्रविधियुक्त शिक्षा दिने गरी अघि शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्कार विद्यार्थीको सबैभन्दा ठूलो गहना भएको चालिसेले बताइन् । विद्यालयले विद्यार्थीलाई संस्कार सिकाउन दुई वर्षदेखि धार्मिक कार्यक्रम गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय स्तरको संस्था स्कोनले हरेक शुक्रबार विद्यार्थीका लागि धार्मिक कार्यक्रम गर्दै आएको छ ।

विद्यालयमा शिक्षण कार्यका लागि एआईमा आधारित स्मार्ट बोर्ड जडान गरिएका छन् । यस अघि विद्यालयले प्रोजेक्टरमा पढाउँदै आएको थियो ।

विद्यालयका भ्वाइस प्रिन्सिपल पुरन चालिसेले विद्यालयले हरेक वर्ष एसईईमा शत प्रतिशत नतिजा हासिल गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिएको बताए । ‘विद्यालयबाट जति जनाले परीक्षा दिए, सबै पास भएका छन्’ उनले भने ।

विद्यालयका दुई विद्यार्थीले समान ३ दशमलव ९१ जीपीए ल्याएका छन् । उनीहरु अनुप चन्द र जेनिस विष्ट हुन् । विद्यालयका ९ जनाले ए प्लस ल्याएका छन् ।

भ्वाइस प्रिन्सिपल चालिसेका अनुसार १९ जनाको ए र २ जनाको बी प्लस आएको छ ।  नर्सरीदेखि कक्षा १० सम्म पठनपाठन हुने विद्यालय झण्डै एक हजार विद्यार्थी छन् ।

Himal dental
सम्बन्धित
Loading...