ghar sansar

होली फेम्ली राष्ट्रिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर माध्यमिक विद्यालय.(साधारण स्कुल) र वात्सल्य विद्या निकेतनको जित

khasi

महेन्द्रनगर । होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्र्तगत शुक्रबारका दुई खेल महेन्द्रनगर माध्यमिक विद्यालय.(साधारण स्कुल) र वात्सल्य विद्या निकेतनले जितेका छन् ।

लिटिल बुद्ध एकेडेमी र महेन्द्रनगर नमुना मावि बीचको खेलमा महेन्द्रनगर माविले जित हात पारेको छ । टस जितेर पहिलो फिल्डिङ्ग गरेको महेन्द्रनगर माविले लिटिल बुद्ध एकेडेमीलाई ८.४ ओभरमा ४७ रनमा रोकेको थियो । लिटिल बुद्ध एकेडेमीका अधिकाँश खेलाडी दोहोरो अङ्क बनाउन नसकेर मैदानबाट बाहिरिए ।

महेन्द्रनगर माविका सुमित धामीले १ दशमलव ४ ओभर बलिङ गर्दै चार विकेट लिएका छन्। त्यसैगरी २ दशमलव ३ ओभर बलिङ गरेका सुरज जोशीले छोरन खर्चिदै तीन विकेट हात पारे।

४८ रनको झिनो लक्ष्य पाएको महेन्द्र नमुना माविले ११.३ ओभर मै नौ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। लिटिल बुद्धका केशव चन्दले चार तथा स्वयंम भट्टले तीन विकेट हात पारे । बलिङतर्फ महेन्द्रनगर नमुना माभिका पुष्पराज थापाले १८ रन बनाउँदै स्कुललाई एक विकेटले जित दिलाए ।

दोस्रो खेलमा वात्सल्य विद्या निकेतनले कञ्चनजङ्गा बोर्डिङ स्कुललाई ३३ रनले पराजित गरेको छ ।

टस जिते र पहिलो ब्याटिङ गरेको वात्सल्य विद्या निकेतनले निर्धारित १५ ओभर पुरै खेल्दै छ विकेटको क्षतिमा १०६ रन बनाएको छ ।

dirghayi clinic

वात्सल्यका मानव बिष्टले २५ बलको सामना गर्दै ३१ रन जोड्न सफल भए। त्यसैगरी ३१ बलको सामना गरेका अनुप जोशीले २० रनको योगदान दिए। सहजकञ्चनजङ्गा इङ्लिस बोर्डिङ का रोशन सानले तीन ओभर बलिङ्ग गर्दै तीन विकेट हात पारे। उनले १६ रनमा मात्रै खर्चेका हुन् ।

१०७ रनको लक्ष्य पछ्याउँदै जवाबी ब्याटिङ गरेको कञ्चनजङ्गा इङ्लिस बोर्डिङले १४ दशमलव ४ ओभरको खेलको समाप्तिमै सम्पूर्ण विकेट गुमाएको हो। कञ्चनजङ्गा बोर्डिङ स्कुलले ७३ रन मात्रै बनाउन सक्यो ।

कञ्चनजङ्गका लागि गौरव मल्लले ३१, रोशन साउद र निशान थापाले समान १२÷१२ रनको योगदान दिए पनि त्यो जीतका लागी प्रयाप्त हुन् सकेन ।

बलिङतर्फ वात्सल्यका हिमाल पन्तले तीन ओभरमा दुई मेडन राखी १ रन खर्चिदै चार विकेट हात पारे ।

प्रतियोगितामा समूह ए बाट महाकाली सेकेन्डरी स्कुल गुलरिया र समूह सी बाट होली फेमिली इङ्लिस मिडियम स्कूलले सेमीफाइनल प्रवेश गरि सकेका छन् ।

समूह बी र डीबाट बाँकी छन् । चार समूहका विजेता टिमले सेमीफाइनल खेल्ने छन् ।

कञ्चनपुर जिल्ला क्रिकेट संघले होली फेमली इङ्गलिश मिडियम स्कुलसित सहकार्य गरी सञ्चालन गरेको प्रतियोगितामा १६ विद्यालयका टीम सहभागी भएका छन् ।

होली फेमली स्कुको खेल मैदान सञ्चालन भइ रहेको प्रतियोगिताको च्याम्पियन टीम कञ्चनपुरको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम स्तरीय क्रिकेट प्रतियोगिताका लागि छनौट हुने होली फेमली स्कुलका एसिस्टेन्ट मेनेजर महादेब भट्टले जानकारी दिए । प्रतियोगिता असार ३ गते समापन हुनेछ ।

Himal dental
सम्बन्धित
Loading...