ghar sansar

दोधारा चाँदनीको महाकाली नदी किनारमा भेटियो महिलाको शव, नगर अस्पतालको शव गृहमा लगेर राखियो

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ४ सुर्खेती टोलस्थित महाकाली नदी किनारमा महिलाको शव भेटिएको छ । अन्दाजी ३४÷३५ वर्षकी महिलाको शव हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

dirghayi clinic

शवको पहिचान हुन सकेको छैन । शव भेटिएपछि प्रहरी घट्नास्थल मु्चुल्का गरी दोधारा चाँदनी नगर अस्पतालमा पुगाएको छ । अहिले शव अस्पतालमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले शव सडेगलेको अवस्थामा भेटिएको जानकारी दिए ।

डिएसपी रावतले शव गृहमा राखिएको शव चिन्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई दिन आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...